Wednesday 6th August 2025

नबराज पन्थीलाइ निर्विरोध अध्यक्ष चयन गर्दै पत्रकार महासंघ कुवेतको तेश्रो अधिवेशन सम्पन्न


तीतोपाटी – नेपाल पत्रकार महासंघ कुवेत शाखाको तेश्रो अधिबेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले नवराज पन्थीलाई निर्विरोध अध्यक्षतामा चयन गर्दै १० जना सदस्यीयको कार्यसमिति निर्वाचित गरेको छ ।

हिजो शुक्रवारका दिन अनलाइन भर्चुअल माध्यम द्वारा सम्पन्न अधिबेशनमा कुवेतका लागी नेपाली राजदुत महामहिम दुर्गाप्रसाद भण्डारी, पत्रकार महासंघ केन्द्रका प्रतिनीधि र पत्रकार महासंघका विश्वभरका सबै वैदेशिक शाखाका अध्यक्षहरूले शुभकामना राख्दै सभ्य र सम्मुन्नत समाज निर्माणमा पत्रकारहरुको योगदान मह्त्वपूर्ण भएकोले पत्रकारिताको सिद्धान्त, मुल्य-मान्यता र अन्तर्राष्ट्रिय अभ्यासको अाधारमा निर्भय रूपमा तटस्थ रहेर सत्य तथ्य र निष्पक्ष रूपमा कसैको प्रभावमा अबिचलित नभइ कलम चलाऊन र समाजको बिकासमा साझेदारी गर्न आग्रह गरेका थिए । त्यस्तै विदेशमा बसेर पत्रकारिता मार्फत देशलाई जोड्न कृयाशिल पत्रकारहरुसँग नेपाली दुताबास नजिक् रहेर काम गर्न इछ्छुक रहेको पनि भण्डारीले बताए ।

अधिबेशनको सफलताको शुभकामना दिदै नेपाल पत्रकार महासंघका केन्दिय सदस्य दामोदर नेपालले महासंघको बिधिबिधान र आचारसन्हिताको पालना साथै आफु रहेको देशको कानुनको अधिन रही पत्रकारिता गर्न आग्रह गर्दै कुवेत शाखाले अन्य वैदेशिक शाखाको तुलनामा बढि सकृय रहेर उदाहरणिय काम गरेको र आगामी दिनहरुमा अझ उचाइमा लैजानु पर्ने बताउदै शुभकामना दिएका थिए ।

अधिबेशनको सफलताको कामना गर्दै गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष सुजन केसी, प्रवासी नेपाली पत्रकार संजाल नेपालका दामोदर नेपाल, श्रम रोजगार पत्रकार समुहका अध्यक्ष सुनिल न्यौपाने, बरिष्ठ पत्रकार भागीरथ योगी, नेपाल-अमेरिका पत्रकार संघका पुर्वअध्यक्ष आङ छिरिङ शेर्पा र नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समिति सचिवालयका भुपराज बस्याल बिशेष अतिथि रहेका थिए त्यसैगरी वैदेशिक शाखा अध्यक्षहरु करिम मिया बक्स ( कतार), मोहन घले(जापान), रन्जन राज कुँवर(दक्षिण कोरिया,केजिन राइ(यूरोप), नरेश खपाङी मगर (यू.के),ओम शर्मा( बेल्जियम), अर्जुन खनाल(भारत शाखा महासचिब), योगेन्द्र छन्त्याल(पोर्चुगल शाखा संयोजक) को पनि उपस्थिति रहेको थियो।

नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरीकृष्ण न्यौपानेको सभापतित्वमा उक्त कार्यक्रमको संचालन आनन्द आचार्यले गारेका थिए भने नवराज पन्थीले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा आचार्यले पत्रकार महासंघ कुवेत शाखाको बिगतका गतिविधि प्रस्तुत गरेका थिए ।
अधिवेशनमा कुवेतमा लामो समयदेखी पत्रकारिता गरिरहेका जय आलेको संयोजकत्वमा झापाली समाज कुवेतका अध्यक्ष र एनआरएन कुवेतका महासचिव दिलकुमार पाख्रीन गरि तीन सदस्यीय निर्वाचन समितीले निर्वाचित उम्मेदवारीहरुको नामवली घोषणा गरेका थिए ।

अधिवेशनले चयन गरेको नयाँ कार्यसमिति यसप्रकार छ :
अध्यक्ष: नवराज पन्थी
उपाध्यक्ष : एकराज मल्ल
सचिव: चन्द्र बिश्वकर्मा
सहसचिव: हरि बानियाँ
कोषाध्यक्ष: मनोज थापा
सदस्यहरु:
१) सुरेश कुमार गरुङ
२) विजय राज धामी
३) प्रेम जिमि राई
४) विजय लामा
५) आकाश शेर्पा


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

प्रतिकृयाहरू
...