Sunday 11th October 2026

गजल -राम भण्डारी


पानी जस्तै अमृत पनि सर्किन सक्छ ।
शिशा झैं जिवन क्षणमै चर्किन सक्छ ।

भरोसा कति गर्ने यो मौसमी चरित्रको
सँधै रहँदैन खडेरी पानी दर्किन सक्छ ।

फाईदा लुट्ने मौका खोजेर यि मान्छे
फल वृक्ष जस्तै लरक्क लर्किन सक्छ ।

कसैको भर नपर्नु नै बेस हुनेछ यहाँ
सँधै तिम्रो साथ भन्ने त तर्किन सक्छ ।

तर बिस्वास नटुटाउँ कहिल्यै किनकि
यहाँ बगेको खोला पनि फर्किन सक्छ ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली…

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

प्रतिकृयाहरू
...