Sunday 18th January 2026

टहल आचार्यको गजल संग्रह – ८


जनताको यो राज्यमा बोल्नलाई पाउनु पर्छ,
गणतन्त्र नफााप्ने भो जनतन्त्र आउनु पर्छ ।

छाती भरी सँधै लेखी मन मुटू देखि नै पो ,
ओठे भक्ति होईन सानू देशभक्तl गाउनु पर्छ ।

गोठभरी दुहूना ती गाई भैँसीहरु पाली ,
पाखाभित्ता खोरियामा तारेमाले दाउनु पर्छ ।

साँधसिमा रिसईवी र डाहा ईर्ष्या कतै पनि ,
नराखेर दुस्मनी त्यो नाता साईनो लाउनु पर्छ ।

सिर्जनाको रम्ने आँगन तराईलाई सिँगारेर ,
यहाँ हिमालमा अब सुनको छाना छाउनु पर्छ ।
****

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश २०७७ फाल्गुण ०५


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...