Wednesday 8th April 2026

कुवेतमा कर्फ्युको समय परिवर्तन भोली देखी दैनिक ११ घण्टा कर्फ्यु लागु हुने


तितोपाटी- कुवेतमा कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न यस अघी कुवेत सरकारले आंशिक कर्फ्यु गत मार्च ७ तारिक देखी साँझ ५ बजेबाट बिहान ५ बजेसम्म १२ घण्टे आंशिक कर्फ्यु लगाएको थियो भने उक्त निर्णयलाई परिवर्तन गर्दै भोली देखी साँझ ६ बजेबाट बिहान ५ बजेसम्म मात्रै कर्फ्यु लगाउने भएको छ ।

त्यस्तै रेस्टूरेन्टहरुलाई भने साँझ ६ बजे देखी रातीको १० सम्म डेलीवरी उपलब्ध गराउन अनुमति दिइएको छ भने साँझ ६ बजे देखी साँझ ८ बजेसम्म सवारी साधन बाहेक बाहिर आवतजावत गर्ने अनुमति दिएको र भोली देखी उक्त निर्णयको लागु हुने सरकारी संचार केन्द्रका प्रमुख तथा कुवेत सरकारका प्रवक्ता तारिक अल-मुज्रिमले बताएका छन। सोमवार मात्र कुवेतमा थप १ हजार ३३० जना कोरोना सङ्क्रमित थपिएका छन।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...