Sunday 28th December 2025

कुवेतमा कर्फ्युको समय परिवर्तन भोली देखी दैनिक ११ घण्टा कर्फ्यु लागु हुने


तितोपाटी- कुवेतमा कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न यस अघी कुवेत सरकारले आंशिक कर्फ्यु गत मार्च ७ तारिक देखी साँझ ५ बजेबाट बिहान ५ बजेसम्म १२ घण्टे आंशिक कर्फ्यु लगाएको थियो भने उक्त निर्णयलाई परिवर्तन गर्दै भोली देखी साँझ ६ बजेबाट बिहान ५ बजेसम्म मात्रै कर्फ्यु लगाउने भएको छ ।

त्यस्तै रेस्टूरेन्टहरुलाई भने साँझ ६ बजे देखी रातीको १० सम्म डेलीवरी उपलब्ध गराउन अनुमति दिइएको छ भने साँझ ६ बजे देखी साँझ ८ बजेसम्म सवारी साधन बाहेक बाहिर आवतजावत गर्ने अनुमति दिएको र भोली देखी उक्त निर्णयको लागु हुने सरकारी संचार केन्द्रका प्रमुख तथा कुवेत सरकारका प्रवक्ता तारिक अल-मुज्रिमले बताएका छन। सोमवार मात्र कुवेतमा थप १ हजार ३३० जना कोरोना सङ्क्रमित थपिएका छन।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...