Sunday 22nd February 2026

बदर अल समा मेडिकलको विशेष स्वस्थ्य कार्ड KKPA का पदाधिकारीहरूलाइ वितरण


तीतोपाटी – आप्रवासी कामदारहरूलाइ सस्तो दरमा स्तरीय स्वास्थ्य सेवा दिंदै कुवेतमा चर्चामा आएको बदर अल समा मेडिकल सेन्टर फरवानियाले अस्पतालसँग सहकार्य गर्ने कुवेत केरला प्रवासी संघ (KKPA) का पदाधिकारीहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको छ । बदर अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा मेडिकल सेन्टरका शाखा प्रवन्धक श्री अब्दुल रजाकले KKPA का अध्यक्ष साकिर पुथनपाललाइ विशेष स्वास्थ्य कार्ड हस्तान्तरण गरेका हुन् ।

उक्त विशेष स्वास्थ्य कार्ड वितरण कार्यक्रममा बदर अल समा मेडिकल सेन्टरका पदाधिकारीहरू र KKPA का कार्यकारी पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

ब्यक्तिगत रूपमा लिनु पर्दा वार्षिक १० केडि मुल्य पर्ने उक्त विशेष स्वास्थ्य कार्ड बदर अल समा मेडिकल सेन्टरले मेडिकल सेन्टरसँग सहकार्य गर्न संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूलाइ निःशुल्क रूपमा वितरण गर्दै आएको छ । यो बदर विशेष स्वास्थ्य कार्ड साथमा भए पछि अस्पतालबाट दिइने विभिन्न सेवाहरूमा विशेष छुट पाउन सकिन्छ । यो कार्ड हुने जो कसैलाइ पनि डक्टर परामर्श, Xrays, प्रयोगशाला र फार्मेसी लगायतका सबै विभागहरूमा बदर अल समा मेडिकल सेन्टरले छुटको ब्यवस्था गरेको छ ।

स्मरण रहोस, बदर अल समा मेडिकल सेन्टर फरवानियाले यस अघि पनि टुलुकुटा कुवेत (TKK), केरला प्रवासी संघ (KKPA), कबायन हाइपरमार्केट, कुवेत मल्याली एसोसिएसन कुवेत (KMA) का पदाधिकारीहरू तथा सदस्यहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको थियो । बदर अल समा मेडिकल सेन्टरले आफु सँग विभिन्न किसिमले सहकार्य गर्ने जुनसुकै संघ संस्था वा कम्पनी विशेषलाइ सो विशेष स्वास्थ्य कार्ड वितरण गर्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

नेपालको समकालीन राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट आफ्नो वाचापत्र सार्वजनिक गरेको…

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

प्रतिकृयाहरू
...