Wednesday 18th March 2026

सांसदहरुद्वारा विदेशबाट फर्केका श्रमिकहरुलाई ऋण उपलब्ध गराउन संसद्मा प्रस्ताव दर्ता


तितोपाटी- विदेशबाट रोजगार गुमाएर फर्केका श्रमिकहरुलाई प्राथमिकताका साथ रोजगारी सिर्जना, तालिम र सहुलियपूर्ण ऋण उपलव्ध गराउन माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ । मंगलबार सासदहरु डा. डिला संग्रौला, देव प्रसाद तिमल्सिना र रंगमती शाहीले संसदमा उक्त प्रस्ताव दर्ता गरेका हुन् ।

प्रस्तावमा विदेशबाट रोजगार गुमाएर फर्केकाहरुको पुनस्र्थापनाका लागि एउटा स्पष्ट मार्गचित्र सरकारले बनाउनु पर्ने माग गरिएको छ । प्रस्तावमामा भनिएको, ‘विश्वव्यापी कोरोना महामारीका कारण लाखौं नेपाली श्रमिकहरुले विदेशमा रोजगारी गुमाएका छन् । दशौँ हजार नेपाली युवा स्वदेश फर्कीसकेका छन् । तर उनीहरुको पुनर्स्थापन तथा रोजगारीका लागि सरकारले कुनै पहल गरेको छैन।’ सांसदहरुले विदेशमा समस्यामा परेकाहरुलाई सरकारले उल्टै उद्दार उडानको नाममा महँगो चार्टर्ड उडानहरु गरेर कमिसनमा लिप्त रहेको आरोपसमेत प्रस्ताव दर्ता क्रममा लगाएका छन् ।

वैदेशिक रोजगारका क्रममा विभिन्न कारणले निधन भएका मध्ये १ सय ७३ जना नेपाली श्रमिकको सम्वन्धित मुलुकमा नै अन्त्येष्टि गरिएका कारण उनीहरुको परिवारले आफ्नो प्रियजनको मुख समेत हेर्न नपाएको सांसदहरुद्वारा बुझाइएको प्रस्तावमा उल्लेख छ ।

यसैगरी प्रस्तावमा कोभिड–१९ बाट सिर्जित समस्याले वैदेशिक रोजगारमा कतिले ज्यान गुमाए, कतिले रोजगारी गुमाए तथा कति स्वदेश फर्किए भन्ने विस्तृत विवरण सरकारसँग माग गरिएको छ । त्यस्तै, कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई नेपाल सरकारको तर्फबाट के कस्तो सहयोग गरिएको छ त्यसको जानकारी पनि संसदलाई दिन माग गरिएको छ ।

साथै, प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरी स्थानीयस्तरबाटै वैदेशिक रोजगारबाट फर्केर आएकाहरुलाई कसरी रोजगार सिर्जना गर्ने भन्ने विस्तृतमा जानकारी सरकारले दिनुपर्ने पनि सांसदहरुले पेस गरेको प्रस्ताव दर्तामा उल्लेख गरिएको छ ।

-न्युज२४ नेपालबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...