Thursday 21st May 2026

म्यानमारमा भएको प्रदर्शनमा हिंसात्मक झडप हुँदा ३८ जनाको मृत्यु


तीतोपाटी – म्यान्मारमा गत फेब्रुअरी १ मा भएको सैनिक ‘कू’पछि चर्किएको विरोध प्रदर्शनमा आइतबार एकैदिन ३८ जना प्रदर्शनकारी मारिएका छन् भने दर्जनाै घाइते भएका छन् । सेनाले सत्ता हातमा लिएपछि त्यहाँ भएको प्रदर्शनमा हरेक दिन मानिसहरूको ज्यान गइरहेको छ । ‘कू’ विरूद्धको प्रदर्शनमा हाल सम्म सयाैं मानिसकहरूको ज्यान गएको छ भने हजाराैं मानिसहरू पक्राउ परेका छन् ।

द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार आइतबार भएको हिंसात्मक झडपमा परी म्यान्मारको मुख्य सहर यांगुनमा मात्रै २१ जनाको मृत्यु भएको छ । देशका अन्य सहरहरूमा समेत गरी ३८ जना प्रदर्शनकारीको ज्यान गएको र दर्जनौं घाइते भएको एएपीपीले जनाएको छ ।

आइतबार प्रदर्शनकारीहरूले चिनियाँ लगानीमा खुलेका उद्योग, व्यवसाय तथा कलकारखानाहरूमा आक्रमण गरेको बीबीसीले जनाएको छ । हलिंग थारयार क्षेत्रमा प्रदर्शनकारीहरुले चिनियाँ लगानीमा खुलेका व्यवसायलाई लक्षित गरेर आक्रमण गरेपछि उक्त क्षेत्रमा सेनाले कर्फ्यु लगाएको छ ।

प्रदर्शनकारीहरुले चीनले सैनिक कू को समर्थन गरेको भन्दै चिनियाँ लगानीका व्यापार–व्यवसायलाई निसाना बनाएका हुन् ।

यसैबीच,त्यहाँस्थित चिनियाँ दूतावासले पनि केही उद्योगहरुमा आक्रमण,लुटपाट तथा केही चिनियाँ कर्मचारीहरु घाइते भएको पनि जनाएको छ । दूतावासले उक्त क्षेत्रमा प्रदर्शन रोक्न आग्रह गर्दै चिनियाँ कम्पनी र चिनियाँ नागरिकको रक्षा गर्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार पक्राउ पर्नेमा सांसद, पत्रकार, अधिकारकर्मीसमेत छन् । एम्नेस्टी इन्टरनेसनल लगायत मानवअधिकारवादी संस्थाहरूका अनुसार प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले घातक हतियार प्रयोग गरिरहेका छन्। सेनाले सत्ता हातमा लिएसँगै एनएलडी नेत्री आङ सान सुचीलाई पक्राउ गरेपछि म्यान्मारमा आन्दोलन भइरहेको छ। गत वर्षको निर्वाचनमा एनएलडी बहुमतसहित विजयी भएको थियो । तर सेनाले उक्त निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...