Thursday 2nd April 2026

नेपाल समुहले चैत ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला गर्ने, ओलीको चियापान बहिष्कार गर्ने


तीतोपाटी – नेकपा एमाले (माधव नेपाल) समूहको भेलाले चैत ४ र ५ गतेका लागि निर्धारण गरिएको राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। सो समुहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चियापान कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालयमा बसेको प्रधानमन्त्री केपी शर्मा ओलीसंगको संवाद सकारात्मक हुन नसकेोको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो ।

धुम्बाराहीको बैठकमा ओली र नेपाल पक्षबीच पार्टीभित्र देखिएको विवाद समाधनका विषयमा छलफल भएपनि निष्कर्ष निकाल्न सकेको थिएन। बैठकमा नेपाल पक्षले फागुन २८ गते ओली पक्षले गरेको निर्णय खारेज हुनुपर्ने अडान राखेको थियो तर ओली सो विषयमा सहमत नभएपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो।

ओलीले मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...