Wednesday 8th April 2026

कुवेतमा रोल्पाका दिलीप सिंह बुढामगरको मृत्यु


हरी कृष्ण न्यौपाने- आरखोला-५, रोल्पा घर भई कुवेतमा कार्यरत दिलिप सिंह बुढामगरको मृत्‍यु भएको छ। बुढामगरको स्वास्थ्यमा समस्या आए पछी कुवेतको आदान अस्पातल लाँदै गर्दा मार्च-७ आईतवार,२०२१ का दिन मृत्‍यु भएको हो ।

नेपाली राजादूताबास कुवेतका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले बुढामगरको मृत्‍यु बारे प्रारम्भिक जानकारी आएको बताए। सिलवालले भने” मृतकको विवरण हेर्दा सन २०१९ जुन १६ तारिक श्रम स्विक्रिती लिएको देखिन्छ। मृतक कुवेतको एक कन्ट्र्याक्टिङ एन्ड क्लिनिङ कम्पनीमा सामान्य कामदारको रुपमा आएको देखिन्छ भने केही समय देखी कम्पनीबाट भागेर अवैधानिक रुपमा काम गर्दै आएको जानकारी आएको छ। मृतकको परिवार संग सम्पर्क भैसकेको र दुतावासले आबश्यक कानुनी प्रकृया शुरु गरी सकेको छ।”

कुवेतमा मृत्‍यु भएका राहदानी नं-१०८००६३७का ३४ बर्षिय दिलिप सिंह बुढामगरको घरमा श्रीमती र तीन छोराहरु रहेका छन।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...