Sunday 26th May 2024

सुरेश पाण्डेयको गजल संग्रह – १


गजल

तिमी माग्छौ खुशीको अनुहार मेरा आँसुका रातहरू छन् ।
कसरी खुशी हुन् सक्छु भित्र बसिरहेका अझै घातहरु छन् ।।

भन्न त दुनियाँले भन्छ यहाँ चोट नपाएको हुँदैन जिन्दगी
तर अघि बढ्न नदिने बिना गल्तीका छातीमा लातहरु छन् ।

को मित्र हुन् को दुश्मन कसरी सजिलै चिन्नुहुन्छ हजुरले
नाम नखुलेका अगाडि सम्बन्ध गाँस्न आउँने जातहरू छन् ।

हार खाएर पुग्न नखोजेको कहाँ होर म पनि यो सफलतामा
के गर्नु पुग्न नपाउँदै पछाडिबाट बन्दुक उठाउने हातहरू छन् ।

जमाना यो यतिसम्म बद्लिएछ बिचार गर्दैछु म आजभोली
जस्तो आँधी हुरी भित्र पनि हल्लिँदै नहल्लिने पातहरू छन् ।

सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर


सम्बन्धित शीर्षकहरु

कुबेत “भाषा अनि संस्कृतिमा बिभिधता विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था खोटाङ-कुवेत सम्पर्क मञ्चको आफनो…

भनौँ मैले के भनूँ कसरी भनूँ यो समयको कुरा दैवले हो जान्नु किन गर्छौ अरूको कुरा मात्र के सिक्यौ तिमीले…

संगीत हुन्थ्यो त गीत हुन्थ्यो तिम्रो चोखो प्रित हुन्थ्यो । अाँखाबाट झरेको अाँसु फुलको चोखो शीत हुन्थ्यो । हारीरहेको जिन्दगीको…

प्रतिकृयाहरू
...