Sunday 12th April 2026

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथी आक्रमण


भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथी आक्रमण भएको छ। ममताले आफूलाई षडयन्त्र गरी कुटपिट गरेको आरोप लगाएकी छिन्। आक्रमणबाट घाइते भएकी उनलाई बुधबार रातीनै कोलकाताको सब भन्दा ठूलो सरकारी अस्पताल एसएसकेएममा भर्ना गरिएको छ।

मुख्यमन्त्री ममता बनर्जीले चुनाव अभियानका क्रममा सुरक्षाकर्मी नभएको मौका छोपी आफूलाई चार पाँच जनाले धक्का दिएको बताएकी छिन्। उनलाई कारतिर जोडले धक्का दिएर कारको ढोका तत्काल बन्द गर्न खोज्दा उनको खुट्टामा चोट पुगेको बताएकी छिन्। डाक्टरहरूको टोलीले बनर्जीको खुट्टालगायत धेरै ठाउँमा गम्भीर चोट लागेको बताएका छन्।

यद्यपी उनलाई चिकित्सकको कडा निगरानीमा राखिनेछ। अस्पतालका वरिष्ठ डाक्टर डा. एम बडोपाध्यायका अनुसार बनर्जीको शरीरमा धेरै गम्भीर चोटहरू पाइएको छ। उनको बाँया खुट्टाको गोलीगाँठोमा चोट लागेको छ, दाहिने काँधमा चोट लागेको छ, हात र घाँटीमा गम्भीर चोट लागेको बताईएको छ।

मुख्यमन्त्रीले पनि छाती दुख्ने, सास फेर्न नसकेको गुनासो गरेकी छिन्। आक्रमणको घटनासँगै तृणमुल काँग्रेसका नेता तथा ममता बनर्जी सरकारको मन्त्री रहेको पार्थ चटर्जीले यस आक्रमणको विषयमा निर्वाचन आयोगलाई जानकारी दिने बताएका छन्।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...