Sunday 25th January 2026

बादललाई एमाले उपाध्यक्ष र सुदूरपश्चिम इन्चार्जमा भट्टलाई मनोनयन गर्ने तयारी


नेकपा एमालेले उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’लाई मनोनित गर्ने तयारी गरेको छ । यसबारे पार्टीमा अनौपचारिक छलफल भएको छिट्टै पार्टीको बैठक बसेर निर्णय गरिने एमाले नेता विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार महासचिव एक दुई दिनभित्र बैठक राखेर निर्णय गर्ने तयारी भएको छ ।

यस्तै एमालेले लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्जमा मनोनित गर्ने तयारी गरेको छ । थापा र भट्ट दुवै माओवादी केन्द्रबाट निर्वाचित सांसदको हैसियतमा ओली सरकारमा सामेल भएका हुन् । सर्वोच्च अदालतले नेकपा खारेज गरेर साविकको एमाले र माओवादी केन्द्र ब्युँताएपनि बादल र भट्ट माओवादीमा फर्किएका छैनन् । सर्वोच्चको फैसला अनुसार तत्कालीन नेकपाको प्रचण्ड समूहमा रहेका माधव नेपाललगायतका पूर्वएमाले आफ्नै घर फर्किए पनि बादल, भट्टलगायतका पूर्व माओवादी नेताहरु भने अझै एमालेमै रहेका हुन् । उनीहरु फर्किने नफर्किने अस्पष्ट रहेकै बेला एमालेमा जिम्मेवारी दिने तयारी भएको हो ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

प्रतिकृयाहरू
...