Thursday 2nd April 2026

भीम रावल र लेखराज भट्टका नाममा एमालेका दुई पक्षबीच कुटाकुट


कैलालीको धनगढीमा नेकपा (एमाले)का दुई पक्षबीच विवाद हुँदा कुटाकुट भएको छ।प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो।आज एमालेको प्रदेश कार्यालय रहेको भवनमा एमालेको ब्यानर टाँस्ने कार्यक्रम थियो।

नेपाल पक्षधर समूह बिहानै पुगेर त्यहाँ आफूले छापेर ल्याएको ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कार्यालय’ लेखेको ब्यानर टाँसेका थिए।दिउँसो ओली पक्षका नेता/कार्यकर्ता अर्को ब्यानर लगेर त्यहाँ पुगे। उनीहरूले नेपाल पक्षले टाँसेको ब्यानर हटाएर आफूले छापेको ब्यानर टाँसे।

प्रदेश इन्चार्जको कार्यकक्षको ढोकानेर नेपाल पक्षको राखेको नेमप्लेटमा यसअघि भीम रावलको नाम थियो।त्यो हटाएर ओली पक्षले प्रदेश इन्चार्जको लेखराज भट्टको नेमप्लेट टाँसे।नेपाल पक्षधरले रावलको नाम हटाएर भट्टको लेखेको भन्दै नेमप्लेट निकाले। यसपछि दुई पक्षबीच विवाद भएको हो।नेपाल पक्षधर नेता तथा कैलाली जिल्ला कमिटी सदस्य दीर्घ जोशीले ओली पक्षले भीम रावलको नाम हटाएर लेखराज भट्टको नाम प्रदेश इन्चार्जको नेमप्लेटमा लेखेपछि कार्यकर्ताले आक्रोशित भई हात हालाहाल भएको बताए।

‘हाम्रा केटाहरूले एक-दुई जनामाथि कुटपिट गरिदिएछन्, पछि प्रहरी आएर रोकेपछि साम्य भयो,’ उनले भने।ओली पक्षका नेता तथा प्रदेश सभाका सदस्य पठानसिंह बोहराले पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड लगाउने कार्यक्रममा विवाद भएको बताए।‘त्यो कार्यक्रममा आएर केहीले अफिसमा नेमप्लेट फोड्ने, तोडफोड गर्ने गर्नुभएछ, त्यसै विषयलाई लिएर हातहालाहाल भएको हो,’ उनले भने।

बोहराले पार्टीको केन्द्रीय कमिटीले लेखराज भट्टलाई प्रदेशको इन्चार्ज तोकेर जिम्मेवारी दिएको हुनाले नेमप्लेटमा उनको नाम लेखिएको बताए।‘कतिपयलाई चित्त नबुझेपछि विवाद गर्नुभयो। जिम्मेवारी बाँडफाँट हुने विषयमा भइरहन्छ, छलफलबाट समाधान खोज्नुपर्छ,’ उनले भने।यसअघि तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला ओली समूहले रावललाई प्रदेश इन्चार्जबाट हटाएर भट्टलाई उक्त जिम्मेवारी दिएको थियो।
-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...