Saturday 31st October 2026

चीनमा कोरोना विरूद्धका १६ प्रकारका खोपलाइ परिक्षण गर्न अनुमति


एजेन्सी – चीन सरकारले कोरोना भाइरसविरुद्धका १६ प्रकारका खोपलाई परीक्षणको अनुमति दिएको छ । चीनको नेसनल मेडिकल प्रोडक्स एडमिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । उक्त निकायले शनिबार दिएको जानकारीअनुसार परीक्षण अनुमति दिइएका खोपमध्ये ६ वटाको परीक्षण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

तीमध्ये दुइटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ । चाइना नेसनल बायोटेक ग्रुपले निर्माण गरेको सिनोफार्म खोपले अहिले बजार लिएको छ । त्यस्तै गरी सिनोभ्याक बायोटेकले बनाएको कोरोनाभ्याक खोपले पनि बजारमा प्रवेश पाएको छ ।

ती दुई खोपले चीनको सरकारी आधिकारिक निकायबाट गत डिसेम्बर ३० मा र यसै वर्षको फेब्रुअरी ५ मा नै अनुमति पाएका बताइएको थियो । त्यसैगरी चीनको औषधि व्यवस्थापनसम्बन्धी सरकारी निकायले यही फेब्रुअरीको ९ तारिखमा चार करोडभन्दा बढी खोप यहाँका औषधिको प्रचलन गर्ने संस्थाहरूलाई हस्तान्तरण गरेर लगाइएको पनि बताइएको छ ।

 


सम्बन्धित शीर्षकहरु

लगातार वर्षा भएपछि रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेर बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।…

मध्यपूर्वमा जारी तनावबीच Iran’s Islamic Revolutionary Guard Corps (IRGC) ले Strait of Hormuz मा चारवटा तेल ट्यांकरमा आगलागी र विस्फोट…

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

प्रतिकृयाहरू
...