Monday 17th August 2026

कंगोमा इटालियन राजदूत लुका अटानासियोको हत्या


एजेन्सी – प्रजातान्त्रिक गणतन्त्र कंगोमा इटालीका राजदूतको हत्या भएको छ । सोमबार स्थानीय समयानुसार बिहान १० बजेर १५ मिनेटमा भएको एक हमलामा इटालियन राजदूत लुका अटानासियोको मृत्यु भएको हो । हमला लगत्तै अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उनी पूर्वी कंगोमा संयुक्त राष्ट्रसंघको एउटा टोलीमा सामेल थिए । राष्ट्रसंघको उक्त टोली विश्व खाद्य कार्यक्रमसँग आवद्ध रहेको बताइन्छ ।
उक्त टोलीमा इटालीका एक प्रहरी अधिकारी पनि सामेल थिए । सो हमलामा उनको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
कंगोको विदेश मन्त्रालयले उक्त घटनाको पुष्टि गर्दै घटनाप्रति दुःख प्रकट गरेको छ ।

४३ वर्षीय राजदूत अटानासियो सन् २०१७ देखि कंगोमा कार्यरत थिए । कयौं वर्ष गृहयुद्ध झेलेको कंगोमा सन् १९९४ देखि २००३ बीचको अवधिमा करिब ५० लाख मानिसको मृत्यु भएको बताइन्छ । देशको पूर्वी क्षेत्रमा अझै पनि दर्जनौं सशस्त्र समूह क्रियाशील छन् ।

सोमबार भएको हमलामा कसको संलग्नता छ भन्ने प्रस्ट हुन सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग अमेरिकाले गर्दै आएको संयुक्त सैन्य अभ्यासलाई ठूलो मात्रामा घटाउन पेन्टागनलाई निर्देशन दिएको बताएका छन्।…

-रोजिना ढुंगाना सामाजिक सञ्जालले मानिसलाई नजिक ल्याएको छ, तर त्यही माध्यम कहिलेकाहीँ ठगी र धोखाधडीको जाल पनि बन्न सक्छ। यो…

जन-जागृति युवा समाज कुवेतले काभ्रेपलाञ्चोक जिल्ला, साविक महेन्द्रज्योति गाविस वडा नं. २ (हाल बनेपा नगरपालिका वडा नं. १२) निवासी ४०…

प्रतिकृयाहरू
...