Saturday 31st October 2026

कंगोमा इटालियन राजदूत लुका अटानासियोको हत्या


एजेन्सी – प्रजातान्त्रिक गणतन्त्र कंगोमा इटालीका राजदूतको हत्या भएको छ । सोमबार स्थानीय समयानुसार बिहान १० बजेर १५ मिनेटमा भएको एक हमलामा इटालियन राजदूत लुका अटानासियोको मृत्यु भएको हो । हमला लगत्तै अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उनी पूर्वी कंगोमा संयुक्त राष्ट्रसंघको एउटा टोलीमा सामेल थिए । राष्ट्रसंघको उक्त टोली विश्व खाद्य कार्यक्रमसँग आवद्ध रहेको बताइन्छ ।
उक्त टोलीमा इटालीका एक प्रहरी अधिकारी पनि सामेल थिए । सो हमलामा उनको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
कंगोको विदेश मन्त्रालयले उक्त घटनाको पुष्टि गर्दै घटनाप्रति दुःख प्रकट गरेको छ ।

४३ वर्षीय राजदूत अटानासियो सन् २०१७ देखि कंगोमा कार्यरत थिए । कयौं वर्ष गृहयुद्ध झेलेको कंगोमा सन् १९९४ देखि २००३ बीचको अवधिमा करिब ५० लाख मानिसको मृत्यु भएको बताइन्छ । देशको पूर्वी क्षेत्रमा अझै पनि दर्जनौं सशस्त्र समूह क्रियाशील छन् ।

सोमबार भएको हमलामा कसको संलग्नता छ भन्ने प्रस्ट हुन सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

लगातार वर्षा भएपछि रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेर बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।…

मध्यपूर्वमा जारी तनावबीच Iran’s Islamic Revolutionary Guard Corps (IRGC) ले Strait of Hormuz मा चारवटा तेल ट्यांकरमा आगलागी र विस्फोट…

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

प्रतिकृयाहरू
...