Tuesday 13th October 2026

युएइको ‘बुर्ज खलिफा’मा लुलु हाइपरमार्केटको २०० औ शाखाको भव्य शुभारम्भ


तितोपाटी- मध्यपूर्वका मुलुक संगै विश्वकै चर्चित लुलु हाइपरमार्केटको २०० औं शाखा खोलेको उपलक्ष्यमा युएइस्थित बुर्ज खलिफामा विभिन्न कलरमा लुलु हाइपरमार्केटको सन्देश फरफराइएको छ । लुलु हाइपरमार्केटको २०० औ शाखा खोलेको अबसरमा दुबईस्थित विश्वको सब भन्दा अग्लो मानव निर्माण भवन बुर्ज खलिफामा लुलु फ्ल्याग फरराइएको हो ।

उक्त बुर्ज खलिफामा लुलुका तस्विरहरु र बधाई सन्देशहरु रंगीन चिन्हका साथ हिजो शनिबार राति ८ बजे देखी देखि ९:३० सम्म देखाइएको ‍थियो।

यस भन्दा पहिले नेपाली राष्ट्रिय दिवस सहित, शाहरुख खान लगायतका नाम र सेलिब्रेटीहरूको नाम बुर्ज खलिफामा विशेष दिनमा देखाइने गरेको थियो। लुलु ग्रुपको नेतृत्वद्वारा संचालित व्यवसाय समूहको तस्विर र सन्देशहरू बुर्ज खलिफाद्वारा प्रसारण गरिएको यो पहिलो पटक हो ।

१९९० को शुरुमा युएईमा पहिलो शाखाको रूपमा संचालन गरेको लुलूले आफ्नो २०० औं शाखा हालै इजिप्टको कायरोमा खोलेको छ। त्यस्तै मध्यपुर्वका ६ देशहरू सहित, इजिप्ट, भारत, इन्डोनेसिया र मलेसियालगायत १० देशहरूमा लुलु हाइपर मार्केटका स्टोरहरू खोलीसकिएका छन् ।

खुद्रा व्यापार बाहेक, लुलु मार्केटको संयुक्त राज्य अमेरिका, ब्रिटेन, स्पेन, अफ्रिका, भारत, सुदूर पूर्व र चीनमा सञ्चालनको साथ सोर्सिंग र खाद्य उत्पादन व्यवसायमा ठूलो चासो रहेको बताइएको छ।

लुलु समूहका अध्यक्ष युसुफ अली एमएले लुलु मार्केटले वर्तमान “चुनौतीपूर्ण समयमा” पनि आक्रामक रूपमा विस्तार गरिरहेको बताउदै गत १२ महिनामा मात्रै थप १५ भन्दा बढी शाखाहरु संचालनमा ल्याइएको बताएका थिए ।

उनले शाखा विस्तारलाई तीव्रता दिँदै लक्ष्य पूरा गर्ने समेत बताए । स्टोरमा हालसम्म करिब ५७ हजार भन्दा बढी कर्मचारी रहेको बताउँदै अध्यक्ष अली एमएले“ गर्वपूर्ण क्षणको बारेमा टिप्पणी गर्दै “लुलुमा हामी सबैको लागि हाम्रो ब्रान्ड लुलुलाई आइकॉनिक बुर्ज खलिफामा प्रक्षेपण गरिएको देख्न पाउनु साँच्चै गर्वको क्षण रहेको बताउदै सम्पूर्ण देशका सरोकार निकायहरु र हामीलाई संसारभरी फैलिनका लागी माया साथ र सहयोग गरेकोमा हाम्रा सबै ग्राहकहरु लगायत कर्मचारी सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन।


सम्बन्धित शीर्षकहरु

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

प्रतिकृयाहरू
...