Tuesday 27th October 2026

युएइको ‘बुर्ज खलिफा’मा लुलु हाइपरमार्केटको २०० औ शाखाको भव्य शुभारम्भ


तितोपाटी- मध्यपूर्वका मुलुक संगै विश्वकै चर्चित लुलु हाइपरमार्केटको २०० औं शाखा खोलेको उपलक्ष्यमा युएइस्थित बुर्ज खलिफामा विभिन्न कलरमा लुलु हाइपरमार्केटको सन्देश फरफराइएको छ । लुलु हाइपरमार्केटको २०० औ शाखा खोलेको अबसरमा दुबईस्थित विश्वको सब भन्दा अग्लो मानव निर्माण भवन बुर्ज खलिफामा लुलु फ्ल्याग फरराइएको हो ।

उक्त बुर्ज खलिफामा लुलुका तस्विरहरु र बधाई सन्देशहरु रंगीन चिन्हका साथ हिजो शनिबार राति ८ बजे देखी देखि ९:३० सम्म देखाइएको ‍थियो।

यस भन्दा पहिले नेपाली राष्ट्रिय दिवस सहित, शाहरुख खान लगायतका नाम र सेलिब्रेटीहरूको नाम बुर्ज खलिफामा विशेष दिनमा देखाइने गरेको थियो। लुलु ग्रुपको नेतृत्वद्वारा संचालित व्यवसाय समूहको तस्विर र सन्देशहरू बुर्ज खलिफाद्वारा प्रसारण गरिएको यो पहिलो पटक हो ।

१९९० को शुरुमा युएईमा पहिलो शाखाको रूपमा संचालन गरेको लुलूले आफ्नो २०० औं शाखा हालै इजिप्टको कायरोमा खोलेको छ। त्यस्तै मध्यपुर्वका ६ देशहरू सहित, इजिप्ट, भारत, इन्डोनेसिया र मलेसियालगायत १० देशहरूमा लुलु हाइपर मार्केटका स्टोरहरू खोलीसकिएका छन् ।

खुद्रा व्यापार बाहेक, लुलु मार्केटको संयुक्त राज्य अमेरिका, ब्रिटेन, स्पेन, अफ्रिका, भारत, सुदूर पूर्व र चीनमा सञ्चालनको साथ सोर्सिंग र खाद्य उत्पादन व्यवसायमा ठूलो चासो रहेको बताइएको छ।

लुलु समूहका अध्यक्ष युसुफ अली एमएले लुलु मार्केटले वर्तमान “चुनौतीपूर्ण समयमा” पनि आक्रामक रूपमा विस्तार गरिरहेको बताउदै गत १२ महिनामा मात्रै थप १५ भन्दा बढी शाखाहरु संचालनमा ल्याइएको बताएका थिए ।

उनले शाखा विस्तारलाई तीव्रता दिँदै लक्ष्य पूरा गर्ने समेत बताए । स्टोरमा हालसम्म करिब ५७ हजार भन्दा बढी कर्मचारी रहेको बताउँदै अध्यक्ष अली एमएले“ गर्वपूर्ण क्षणको बारेमा टिप्पणी गर्दै “लुलुमा हामी सबैको लागि हाम्रो ब्रान्ड लुलुलाई आइकॉनिक बुर्ज खलिफामा प्रक्षेपण गरिएको देख्न पाउनु साँच्चै गर्वको क्षण रहेको बताउदै सम्पूर्ण देशका सरोकार निकायहरु र हामीलाई संसारभरी फैलिनका लागी माया साथ र सहयोग गरेकोमा हाम्रा सबै ग्राहकहरु लगायत कर्मचारी सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन।


सम्बन्धित शीर्षकहरु

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald…

प्रतिकृयाहरू
...