Wednesday 14th October 2026

कुवेत सरकारद्वारा आप्रवासीहरुलाई प्रवेशमा पुन: रोक


तितोपाटी- कुवेत सरकारले आप्रवासी यात्रुहरुलाई कुवेत प्रवेशमा अर्कों सूचना जारी नभएसम्मका लागी पुन:प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरि विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।  

शनिवार बेलुका कुवेत सरकारले सूचना जारी गर्दै विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै आप्रवासीनागरिकलाई पुनः प्रवेशमा रोक लगाइएको कुवेतस्थित डिजीसीएले जनाएको छ।

(डिजीसीए)लाई उधृत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार कुवेती नागरिकलाई भने प्रवेशमा अनुमती दिइने भएको छ जसमध्ये अनुमोदित स्थानीय होटेलमा ७ दिन संस्थागत क्वारेन्टिनमा बस्नु पर्नेछ र थप ७ दिनसम्म घरमा क्वारेन्टाइन अनिवार्य रूपमा बस्नुपर्ने जनाएको छ ।

कुवेत नागरिक उड्डयन प्राधिकरणले कोरोना भाइरस विरुद्ध लड्नका लागी नया योजनाका साथ अघी बढ़ने बताउदै स्वास्थ्य अधिकारीहरुको निर्देशनको आधारमा आइतवारदेखि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा नया उपायहरू शुरू गर्ने घोषणा गरेको छ ।

गत शुक्रवार मात्रै कुवेतस्थित डीजीसीएले प्रतिबन्धित ३५ देश साथै अन्य उच्च जोखिम भएका देशहरूबाट सीधा उडानद्वारा आउने सबै यात्रुहरुले कुवेत मोसाफर प्लेटफर्म मार्फत दर्ता गरेर आफ्नै खर्चमा १४ दिन सम्म संस्थागत क्वारेन्टिनमा बस्ने गरी संयन्त्रको बारेमा प्रेसविज्ञप्ति जारी गर्दै कुवेत प्रवेश गर्ने अनुमती दिएको थियो तर अन्तिम पटकको उक्त निर्णयमा नियम परिवर्तन भएको छ।

आप्रवासीहरुको लागी प्रवेश निषेध गर्ने निर्णय कहिले सम्म लागू हुने त्यस विषयमा अधिकारीहरूले खुलाएका छैनन। कुवेतले कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि देश भित्र कडा नियमहरु लागू गरेको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...