Tuesday 27th October 2026

गजल -धर्मिला कार्की


माया नभा यो नयन रुने थिएन होला ।
‘प्रेम’ शब्दले मन मुटु छुने थिएन होला ।।

मन जस्तै कन्चन तन पनि भइदिए,
कसैले नि साबुनले धुने थिएन होला ।

आफैसँग एक्लै सन्तुष्ट हुने भए मान्छे,
अरुलाई रिस देखाउने थिएन होला ।

यदि बिर्सन सजिलो हुने भए सायद,
याद भन्ने शब्द नै हुने थिएन होला ।

– धर्मिला कार्की
महाराजगन्ज, काठमाडौं


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...