Thursday 24th September 2026

आईपीएलको कुनै टिममा अनुबन्ध हुन सकेनन् सन्दिप लामिछाने


नेपाली लेग स्पीनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् । ४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले किनेन ।

तीन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । गत सिजन दिल्ली फाइनलमा पुग्दा सन्दीपले एक खेल पनि खेल्न पाएका थिएनन् ।आईपीएल २०१८ र २०१९ मा सन्दीपले कुल नौ खेल खेल्ने क्रममा १३ विकेट लिएका थिए । सो क्रममा ८.३४ प्रतिओभर रन खर्चेका छन् भने २२.४६ को औसत र १६.१५ को स्ट्राइक रेटले विकेट लिएका छन् ।

 


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...