Wednesday 3rd March 2021

म्यानमारमा भएको सैनिक “कु” विरुद्ध सडक जाम गरि नागरिक प्रदर्शन


तीतोपाटी – म्यानमारमा सैनिक कु मार्फत फेब्रुअरी १ तारिखमा सेनाले सत्ता हातमा लिएको विरोधमा हिँजो बुधबार हजारौँ प्रदर्शनकारीहरूले म्यान्मारका विभिन्न सहरहरूमा प्रदर्शन गरिरहेका छन्। याङ्गुनमा सवारी चालकहरूले गाडी तेर्साएर सडक अवरुद्ध पारेका छन्। अवज्ञाका कार्यक्रम अन्तर्गत त्यहाँ सडक जाम गरी प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले नेत्री आङ सान सू ची सहित अन्य जन निर्वाचित नेताहरूको रिहाइको माग गरिरहेका छन्।

सू ची माथि मङ्गलवार नयाँ आपराधिक अभियोग लगाइएको थियो।

सेनाले त्यहाँ फेरि निर्वाचन गराउने वाचा दोहोर्‍याएको छ तर कैयौँ प्रदर्शनकारीहरूले भने संशय व्यक्त गरेका छन्। म्यान्डलेमा सुरक्षा अधिकारीहरूले रेलवे स्टेसन नजिकै गोली चलाएका छन् जसमा कम्तीमा एक जना घाइते भएको बताइएको छ।

बुधवार म्यान्मारमा ठूला अप्रिय घटना नघटेको विवरण प्राप्त भए पनि सामाजिक सञ्जालमा देखा परेको एउटा भिडिओमा सुरक्षाकर्मीहरूले म्यान्डले रेलवे स्टेसनमा कैयौँ राउन्ड गोली चलाएको देखिएको छ। प्राप्त विवरण अनुसार प्रदर्शनकारीहरूले सेनाको सामान बोकेको रेललाई अघि बढ्नबाट रोक्ने प्रयास गरेका थिए।

रेलवेका कर्मचारीहरूले भने आफूहरूलाई बन्दुक ताकेर अघि बढ्न बाध्य पारिएको बताएका छन्।

म्यान्मारका अन्य सहरहरूमा पनि प्रदर्शनहरू भएका छन्। राजधानी नेपिद्‌अमा इन्जिनियर, चिकित्सक तथा शिक्षकहरू सेना विरुद्ध आफ्नो ऐक्यवद्धता देखाउन आयोजना गरिएका कार्यक्रममा सहभागी भएका थिए।

सरकारी कर्मचारीलाई कार्यालय जान अनि सुरक्षा निकायहरूको हिँडडुल प्रभावित पार्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो। “रोड ब्लकिङ् डे” भनिएको विरोध कार्यक्रमका क्रममा सवारी साधनका बोनट खोलिएको र ठाउँ ठाउँमा गाडी तेर्साएको देख्न सकिन्छ।

-बीबीसी नेपाली


Loading...
सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेत्रविक्रम चन्द विप्लवको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी र सरकारका वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान…

तितोपाटी- जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख…

तितोपाटी-  नशालु हेराई, लज्जालु बोलि, चिट्टिक ज्यानमा टिमिक्क चोली, कत्ति सुहाएको शिरमा रिवन, हातमा बाला भन्दै गायाक हरी गिरिबिमर्शी ले…

प्रतिकृयाहरू