Wednesday 14th January 2026

पीडित उद्धार शीर्षकको रकम हिनामिनाले तात्यो मध्यपूर्व, एनआरएनए युएईका अध्यक्ष मौन


तितोपाटी- वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएको युएईमा रहेको एनआरएन युएईमाथि आर्थिक अनियमितताको आरोप लागेपछि एनआरएनए मध्यपूर्व अहिले तातेको छ । गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलो) को सहयोगमा युएईमा रहेका पीडित नेपालीलाई उद्धार गर्न ८० हजार डलर (झन्डै नेपाली ९२ लाख रुपैंयाँ) बराबरको सम्झौता गरेको थियो । सम्झौता बमोजिम आइसीसीले उक्त रकम युएईका अध्यक्ष प्रकाश कोइरालाकै नाममा पठाएको कुरा बाहिरिएको छ ।

अध्यक्ष कोइरालाले उक्त रकम आएको र खर्च भएको बारे संस्थाका कुनैपनि पदाधिकारीलाई जानकारी नगराई रकमको दुरुपयोग गरेको कुराले संस्थाभित्रै रहेका पदाधिकारीहरु तथा त्यहाँ रहेका नेपालीहरुले सामाजिक सञ्जालभरि नै प्रश्न उठाएर टिकाटिप्पणी तथा आरोप प्रत्यारोप सुरु गरेका छन् । यसबारे व्यापक चर्चा सुरु भएपछि एनआरएनए, यूएईका प्रवक्ता सुवास शर्माले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै यसबारे आफू अनभिज्ञ रहेको बताएका छन् भने सोही संस्थाका महासचिव, उपाध्यक्ष लगायतका पदाधिकारीले सामाजिक सञ्जालमार्फत आफूहरुलाई रकमको बारेमा जानकारी नभएको बताई रहेका छन भने अध्यक्ष कोइराला हालसम्म मौन छन् ।
कोषको रकम दुरुपयोगका बारेमा आफूहरूलाई कुनै जानकारी नभएको र पीडितले सहयोग पाएकोबारे पनि कुनै जानकारी नगराइएको भन्दै एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङ र उपसंयोजक मनोज गोरखालीले सङ्घका अध्यक्ष कुमार पन्तसहित अन्तर्राष्ट्रिय परिषदको विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका छन् ।

साभार केन्द्रबिन्दुबाट


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...