Wednesday 12th August 2026

पीडित उद्धार शीर्षकको रकम हिनामिनाले तात्यो मध्यपूर्व, एनआरएनए युएईका अध्यक्ष मौन


तितोपाटी- वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएको युएईमा रहेको एनआरएन युएईमाथि आर्थिक अनियमितताको आरोप लागेपछि एनआरएनए मध्यपूर्व अहिले तातेको छ । गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलो) को सहयोगमा युएईमा रहेका पीडित नेपालीलाई उद्धार गर्न ८० हजार डलर (झन्डै नेपाली ९२ लाख रुपैंयाँ) बराबरको सम्झौता गरेको थियो । सम्झौता बमोजिम आइसीसीले उक्त रकम युएईका अध्यक्ष प्रकाश कोइरालाकै नाममा पठाएको कुरा बाहिरिएको छ ।

अध्यक्ष कोइरालाले उक्त रकम आएको र खर्च भएको बारे संस्थाका कुनैपनि पदाधिकारीलाई जानकारी नगराई रकमको दुरुपयोग गरेको कुराले संस्थाभित्रै रहेका पदाधिकारीहरु तथा त्यहाँ रहेका नेपालीहरुले सामाजिक सञ्जालभरि नै प्रश्न उठाएर टिकाटिप्पणी तथा आरोप प्रत्यारोप सुरु गरेका छन् । यसबारे व्यापक चर्चा सुरु भएपछि एनआरएनए, यूएईका प्रवक्ता सुवास शर्माले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै यसबारे आफू अनभिज्ञ रहेको बताएका छन् भने सोही संस्थाका महासचिव, उपाध्यक्ष लगायतका पदाधिकारीले सामाजिक सञ्जालमार्फत आफूहरुलाई रकमको बारेमा जानकारी नभएको बताई रहेका छन भने अध्यक्ष कोइराला हालसम्म मौन छन् ।
कोषको रकम दुरुपयोगका बारेमा आफूहरूलाई कुनै जानकारी नभएको र पीडितले सहयोग पाएकोबारे पनि कुनै जानकारी नगराइएको भन्दै एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङ र उपसंयोजक मनोज गोरखालीले सङ्घका अध्यक्ष कुमार पन्तसहित अन्तर्राष्ट्रिय परिषदको विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका छन् ।

साभार केन्द्रबिन्दुबाट


सम्बन्धित शीर्षकहरु

कुवेतमा आफ्नो खुद्रा व्यापार सञ्जाल विस्तार गर्दै लुलु ग्रुपले जाबेर अल-अहमदस्थित जाबेर मलमा नयाँ हाइपरमार्केट सञ्चालनमा ल्याएको छ। यससँगै कुवेतमा…

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागहरू सम्बोधन नभएसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रमिक पठाउने प्रक्रिया रोक्ने अडान कायम राखेको…

वासिङ्टन, १२ अगस्ट – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नाटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित इरानी क्षेप्यास्त्र…

प्रतिकृयाहरू
...