Saturday 10th October 2026

कुवेत आउन ९ हजार ५ सय घरेलु कामदारहरूले बालस्लामामा नाम दर्ता गराए


तितोपाटी- घरेलु कामदारको रूपमा कुवेत आउनको लागी जनवरी महिनाको अन्तिमसम्म नाम दर्ता गर्नेको संख्या ९ हजार ५ सय भन्दा बढी पुगेको छ।

कुवेत सरकरद्वारा संचालित बालस्लामामा कुवेत आउन इच्छुक कामदारहरुले नाम दर्ता गराएको र धेरै देशका घरेलु कामदारहरुको नाम दर्ता गराउने क्रम जारी रहेको अल कबास दैनिकले जनाएको छ।

राष्ट्रिय उड्डयन सेवा (एनएएस) का महा निर्देशक मन्सूर अल-खुजैमका अनुसार सरकारको अनुरोधमा सम्पन्न गरिएको उक्त सुरक्षा परियोजनाले ठूलो सफलता हासिल गरेको बताउदै  ८० हजार घरेलु कामदारहरूले कुवेत आउनका लागी फाइदा लिन सक्ने बताउनुको साथै फाइदा लिने मध्येका आधिकांस भारतीय, फिलिपिन्स, बंगलादेशका नागरिकहरू रहेको बताए ।

सोही सुरक्षा प्लेटफर्मले प्रायोजकलाई घरेलु कामदार कुवेत फिर्तीको लागि अनुरोध प्रविष्ट गर्न र बुझाउन अनुमति दिइने र आवश्यक प्रक्रिया पूरा गरेपछि कामदारको स्वास्थ्य जाँच पीसीआर प्रत्येक श्रमिकले ३ पटक गरिनु पर्ने छ। जसमध्य पहिलो मान्यताप्राप्त प्रयोगशालाहरूको माध्यमबाट प्रस्थानको पहिलो देशमा, दोस्रो कुवेत एयरपोर्टमा आइपुग्दा र तेस्रो संस्थागत क्वारेन्टाइनको अबधि सकिए पछि पीसीआर परिक्षण गर्नु पर्नेछ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...