Wednesday 8th April 2026

इजरायलमा राेजागारीकाे आवेदन फागुनको दोस्रो साता, सफ्टवेयर तयार


तितोपाटी- सरकारले रोजगारीका लागि इजरायल जान चाहने नेपालीको लागि यही फागुनको दोस्रो हप्ताभित्र आवेदन खोल्ने तयारी गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पूरा भएको बताउदै आवेदन खुला गर्ने तयारी भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

फागुनको पहिलो हप्ता आवेदनको ढाँचा पूरा गरि दोस्रो हप्ता भित्रमा मन्त्रालय सँग छलफल गरि आवेदन खोल्ने गृहकार्य भईरहेको महानिर्देशक दाहालले बताउनुभयो । इजरायलले नेपाली कामदार छिटो लैजान चासो दिएकोले विभागले पनि त्यसैअनुसार काम गरिरहेको उहाँले बताउनुभयो ।
रोजगारीको लागि इजरायल जान इच्छुक कामदारले आवेदन खुला भएपछि आफै घरबाटै आवेदन दिन सक्नेछन् । विभागले आवेदनको ढाँचा तयारी गर्ने काम अन्तिम चरणमा पुगेको बताएको छ ।आवेदन खुलेसंगै पहिलो चरणमा ५०० नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् ।
ती युवाले इजरायली श्रम कानूनअनुसार सेवा सुविधा पाउनेछन् । इजरायली रोजगारमा निजी क्षेत्रलाई सहभागी नगराएकोले दुई देश बीचको (जिटुजी) बाट नेपाली इजरायल जानेछन् । यसअघि भएको छलफलअनुसार पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्ने वैदेशिक रोजगार विभागको भनाइ छ ।
मेनपावरले पठाउन पाउँदैन, ठगीबाट बच्नोस्
वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जिटुजीमार्फत् पठाउने भएकाले कुनै व्यक्ति वा बिचौलियाको प्रलोभनमा नपर्न अनुरोध गरेको छ । केही व्यक्ति र वैदेशिक रोजगार कम्पनीले इजरायल पठाउँछु भन्ने कुरा सुन्नमा आएको बताउँदै विभागले गलत सूचनाको भरमा नपर्न आग्रह गरेको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले ठग्ने नियतले केहीले इजरायल पठाउँछु भन्नेहरुको प्रमाण फेला परे तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो । इजरायलको रोजगारीमा वैदेशिक रोजगार कम्पनी र निजी क्षेत्रको कुनै भूमिका नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
उहाँकाअनुसार वैदेशिक रोजगार विभागले कामदारको योग्यता हेरेर छान्ने भएकाले निजी क्षेत्रको कुनै हात हुँदैन । इजरायल जाँदा कुनै शुल्क नलाग्ने विभागले बताएको छ । इजरायल जानु अघि सम्पूर्ण तवरबाट योग्य भएपछि कामदारले टिकट खर्च, मेडिकल, विमा र कल्याणकारी कोषमा जम्मा गर्ने पैसा बाहेक अरु कुनै शुल्क लाग्दैन ।
रोजगारीमा जानेको फर्म पनि विभागबाट भर्ने भएकाले सबैलाई अरु कुनै बिचौलीयाको भरमा नपर्न विभागले अनुरोध गरेको छ । कसैले इजरायलको रोजगारीमा पठाउँछु भनेर पासपोर्ट र पैसा माग्ने गरेको भए विभागमा सम्पर्क गर्नुहुन विभागले अनुरोध गरेको छ ।
नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको थियो । – साभार गोरखापत्रअनलाइन


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...