Wednesday 8th April 2026

कुवेतमा एक महिनामा ९ हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति रद्द


तितोपाटी- कुवेत सरकारले एक महीनामा हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति खारेज गरेको

कार्य अनुमति खारेज गरिएका मध्य (पीएएम) द्वारा जारी आधिकारिक तथ्यांक अनुसार ४९९९ व्यक्तिहरूको रेसिडेन्सी भिसाको समयावधि सकिएको कुवेत भन्दा बाहिर रहेकाले नवीकरण नगरीएको त्यस्तै ५५५ जनाको मृत्यु भएको,१३३ जनाको भिसा पारिवारिक भिसामा सरुवा भएको साथै, ३४३५ जना देश बाट प्रस्थान गरेका गरी कुल ९२७१ जना रहेको अलराय दैनिकले जनाएको छ।

त्यस्तै स्थानीय संचार अलरायको पछिल्लो जानकारी अनुसार कुवेतमा ३६२ जनाको कार्य अनुमति १५ दिनमा जारी गरिएको थियो।जबकि पछिल्लो २७ दिनमा ९२७१ जना आप्रवासीको कार्य अनुमति रद्द गरिएको छ।

संसार भरिका देशहरुमा कोरोना भाइरसको कारण अहिलेसम्म २२ लाख भन्दा बढी मानिसको मृत्यु भएको छ।साथै योभन्दा बढी करिब१० करोड मानिसहरू यस भाइरसबाट संक्रमित भइसकेका छन्। सोही भाइरसको कारण एकै साथ ३५ देश प्रतिबन्धित अवस्थामा छन।जसका कारण धेरै मानिसहरु कुवेत आउन सकेका छैनन। यस कारण कुवेत सरकारले कार्य अनुमति रद्द गरीरहेको छ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...