Monday 29th December 2025

कुवेतमा एक महिनामा ९ हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति रद्द


तितोपाटी- कुवेत सरकारले एक महीनामा हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति खारेज गरेको

कार्य अनुमति खारेज गरिएका मध्य (पीएएम) द्वारा जारी आधिकारिक तथ्यांक अनुसार ४९९९ व्यक्तिहरूको रेसिडेन्सी भिसाको समयावधि सकिएको कुवेत भन्दा बाहिर रहेकाले नवीकरण नगरीएको त्यस्तै ५५५ जनाको मृत्यु भएको,१३३ जनाको भिसा पारिवारिक भिसामा सरुवा भएको साथै, ३४३५ जना देश बाट प्रस्थान गरेका गरी कुल ९२७१ जना रहेको अलराय दैनिकले जनाएको छ।

त्यस्तै स्थानीय संचार अलरायको पछिल्लो जानकारी अनुसार कुवेतमा ३६२ जनाको कार्य अनुमति १५ दिनमा जारी गरिएको थियो।जबकि पछिल्लो २७ दिनमा ९२७१ जना आप्रवासीको कार्य अनुमति रद्द गरिएको छ।

संसार भरिका देशहरुमा कोरोना भाइरसको कारण अहिलेसम्म २२ लाख भन्दा बढी मानिसको मृत्यु भएको छ।साथै योभन्दा बढी करिब१० करोड मानिसहरू यस भाइरसबाट संक्रमित भइसकेका छन्। सोही भाइरसको कारण एकै साथ ३५ देश प्रतिबन्धित अवस्थामा छन।जसका कारण धेरै मानिसहरु कुवेत आउन सकेका छैनन। यस कारण कुवेत सरकारले कार्य अनुमति रद्द गरीरहेको छ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...