Wednesday 18th March 2026

वैदेशिक रोजगारको पीडा: सुभाषलाई मृत्यु दर्ता प्रमाणपत्र घाँडो


तितोपाटी- मोरङको बेलबारी–११ लक्ष्मीमार्गका ३९ वर्षीय सुभाष तामाङलाई आफ्नो मृत्यु नभइकन प्राप्त गरेको मृत्यु दर्ता प्रमाणपत्र यतिबेला घाँडो भएको छ ।

तीनै तहका सरकारले वैदेशिक रोजगारबाट फर्किएका युवालाई उद्यमका लागि सहुलियत प्रदान गरेका छन् । तालिम र ऋणको ब्यवस्था गरेका छन् । तर, ३९ वर्षीय तामाङ अपाङ्ग बनेर फर्किनु भए पनि उहाँले कुनै पनि सीपयुक्त तालिम र सहुलियत प्राप्त गर्न सक्नुभएको छैन । आफू जीवितै भएको प्रमाण जुटाउन उहाँ धेरै पटक सरकारी कार्यालय धाउनु भयो । तर, विदेश (साउदी अरब)मा मरेर लाश झिकाउन मृत्यु दर्ता प्रमाणपत्र बनाएर पठाएकोले उहाँले सजिलै जीवित भएको प्रमाणपत्र बनाउन नसक्नु भएको हो ।
तामाङका अनुसार उहाँ २०७२ को असार २४ गते साउदी अरवमा दुर्घटनामा पर्नुभयो । कम्पनीबाट आफूले प्राप्त गर्ने तलब लिन बैंक जाने क्रममा उहाँसँगै अरु चार जना नेपाली पनि दुर्घटनामा पर्नुभएको थियो । चारमध्ये ३ जना नेपालीको घटनास्थलमै मृत्यु भयो । कम्पनीले बाँचेका एक जनाको सघन उपचार कक्षमा राखेर ६ महिना उपचार ग-यो । साउदी अरबको हुण्डाई कम्पनीले शव क्षतविक्षत भएकोले त्यहाँको अस्पताललाई गलत सूचना दियो ।मृतकको पहिचान नगरीकन अस्पतालले शव कम्पनीलाई बुझायो । सोही अनुसार सुभाष तामाङको मृत्यू भएको भन्दै कम्पनीले लाश बुझेर नेपाल पठाउने प्रक्रिया सुरु ग-यो । कम्पनीले सुवासको परिवारलाई मृत्युको खबर ग¥यो । सुभाषका आफन्तले मृत्यु दर्ता गरेर दूतावासमा पत्राचार गरे । सम्पूर्ण प्रक्रिया पूरा भएपछि सुभाष तामाङको शव नेपाल ल्याइयो र बौद्ध परम्परा अनुसार अन्त्येष्ठि गरियो । शव चिन्नै नसकिने गरी क्षतविक्षत भएकोले आफ्रना पति हुन् वा होइनन्, उहाँकी पत्नी सन्तोषी तामाङले पनि ठम्याउन सक्नुभएन । सन्तोषी तामाङले भन्नुभयो – पहिचान गर्न सकिने अवस्थामा शव थिएन्, अझ शोकमाथि पीडा पनि थियो । कसरी चिन्नु र ?
अस्पतालमा उपचाररत ब्यक्तिको ७५ दिनपछि होस खुल्यो । होस खुलेको बिरामीले आफू सुभाष तामाङ भएको बताएपछि मात्र कपिलवस्तुका टेकेन्द्र भण्डारीको शव मोरङको बेलबारी–११ की सन्तोषी तामाङले आफ्नो पति मानेर अन्त्येष्ठि गरेको खुल्यो ।
उता कपिलवस्तुका टेकेन्द्र भट्टराईका परिवारले अन्त्येष्ठि गरेको स्थानको माटो लगेर अन्तिम कार्य गरे । यता सुवास तामाङ परिवारमा भने खुसी छायो । यद्यपि उहाँको जन्मस्थान भोजपुरको कुदाकाउलेमा सुभाषलाई पुनः जन्माएर पुर्नजन्मको विधि गराइयो ।
अहिले सुभाषको शरीरभरि चौटैचोट छ । २ घण्टा अघि देखेको ब्यक्तिलाई २ घण्टापछि चिन्न सक्नुहुन्न उहाँ । बेलबारी –११ को लक्ष्मीमार्गमा सानो चिया पसल गरेर दुई छाकको जोहो गरिरहनु भएका तामाङका १४ वर्षीय छोरा र १२ वर्षीया छोरी छन् । छोरा छोरीलाई राम्रोसँग पढाउने र सुखी बन्ने सपना बोकेर बैदेशिक रोजगारमा हानिनु भएका तामाङको सपना पानीको फाेका झैं फुटेको छ । उहाँले भन्नुभयो- न कम्पनीबाट क्षतिपूर्ति पाएँ । न त आफ्नो देशको सरकारले दिने सेवा सुबिधा नै लिन पाएको छु । स्तब्ध हुँदै उहाँले भन्नुभयो ।
साभार गोरखापत्रअनलाइन


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...