Wednesday 8th April 2026

ताप्लेजुङका मृगाैला पीडितलाइ कुवेतबाट १ लाख ६ हजार भन्दा बढिको सहयोग


तीतोपाटी – दुबै मृगाैला खराब भएका ताप्लेजुङका नर बहादुर लिम्बुको उपचार सहयोगार्थ कुवेतबाट नेपाली रूपैयाँ १ लाख ६ हजार रूपैयाँ भन्दा बढिको सहयोग पठाइएको छ । सो रकम कुवेतमा कार्यरत नेपाली श्रमिकहरूबाट संकलन गरि पठाएको हो ।

एनअारएन कुवेतका महासचिब दिल कुमार पाखि्रन तथा युवा संयोजक नबराज पराजुलीको पहलमा माहबुला स्थित भलिबल खेल मैदानमा जम्मा भएका सहयोगी मनका धनी सहयोगदाताहरूबाट कुवेती दिनार १७५ केडि संकलन तथा पीडितकी कुवेत मै रहेकी बहिनी शान्ति लिम्बुले ब्यक्तिगत रूपमा बाँकी रकम थपेर जम्मा २८० केडि अर्थात नेपाली रूपैयाँ १०६०८४।- अक्षेरूपी एक लाख छ हजार चाैरासी रूपैयाँ मात्र पठाइएको हो ।

ताप्लेजुङ जिल्लाको साविक फेहलिङ – २ घर भइ हाल स्टार अस्पताल सानेपा काठमाडाैंमा उपचाररत ४५ वर्षीय नर बहादुर लिम्बुको घरायसी अार्थिक अबस्था अति कम्जोर भइ स्वास्थ्योपचारमा समस्या भए पछि पीडितकी बहिनी शान्ति लिम्बुले सहयोगको याचना गरेपछि भलिबल खेल भइरहेको खेलकुद मैदानमा खेल हेर्न अपस्थित श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूसँग सहयोग संकलन गरिएको थियो भने संकलित रकम हिँजो नै पीडितकी श्रीमती रचना लिम्बुको नाममा पठाइएको थियो ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...