Wednesday 14th January 2026

ताप्लेजुङका मृगाैला पीडितलाइ कुवेतबाट १ लाख ६ हजार भन्दा बढिको सहयोग


तीतोपाटी – दुबै मृगाैला खराब भएका ताप्लेजुङका नर बहादुर लिम्बुको उपचार सहयोगार्थ कुवेतबाट नेपाली रूपैयाँ १ लाख ६ हजार रूपैयाँ भन्दा बढिको सहयोग पठाइएको छ । सो रकम कुवेतमा कार्यरत नेपाली श्रमिकहरूबाट संकलन गरि पठाएको हो ।

एनअारएन कुवेतका महासचिब दिल कुमार पाखि्रन तथा युवा संयोजक नबराज पराजुलीको पहलमा माहबुला स्थित भलिबल खेल मैदानमा जम्मा भएका सहयोगी मनका धनी सहयोगदाताहरूबाट कुवेती दिनार १७५ केडि संकलन तथा पीडितकी कुवेत मै रहेकी बहिनी शान्ति लिम्बुले ब्यक्तिगत रूपमा बाँकी रकम थपेर जम्मा २८० केडि अर्थात नेपाली रूपैयाँ १०६०८४।- अक्षेरूपी एक लाख छ हजार चाैरासी रूपैयाँ मात्र पठाइएको हो ।

ताप्लेजुङ जिल्लाको साविक फेहलिङ – २ घर भइ हाल स्टार अस्पताल सानेपा काठमाडाैंमा उपचाररत ४५ वर्षीय नर बहादुर लिम्बुको घरायसी अार्थिक अबस्था अति कम्जोर भइ स्वास्थ्योपचारमा समस्या भए पछि पीडितकी बहिनी शान्ति लिम्बुले सहयोगको याचना गरेपछि भलिबल खेल भइरहेको खेलकुद मैदानमा खेल हेर्न अपस्थित श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूसँग सहयोग संकलन गरिएको थियो भने संकलित रकम हिँजो नै पीडितकी श्रीमती रचना लिम्बुको नाममा पठाइएको थियो ।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...