Wednesday 18th March 2026

तेश्रो पटक- कुवेतमा अवैधानिकलाई वैधानिक बन्न एक महीना थप


तितोपाटी- कुवेतमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको एकमहिनाको समय सिमा जनवरी ३१ तारिखमा सकिने भएपनी पुन मार्च २ तारीख सम्मको लागि समय थप गरिएको छ।

कुवेतका आन्तरिक मन्त्री शेख थमेर अल-अली अल सबाले नयाँ निर्णयमा अवैधानिक बनी कानून उल्लंघन गर्नेहरूलाई वैधानिक बन्नमार्च २ तारिक सम्म म्याद थप गरिएको बताएका छन।

अली अल सबाको भनाई अनुसार उक्त निर्णयको उद्देश्य अबैधानिक रूपमा बसोबास गरीरहेका हरुलाई वैधानिक बन्नका लागी सजिलोबनाउने उद्देश्य रहेको र कोरोनाभाइरस महामारीले देशलाई असर गर्ने असाधारण परिस्थिति र नियमित उड्डानको अवरोधमा असरपरेकोले सोही अवस्थालाई ध्यानमा राख्दै उक्त निर्णय लिएको बताए।

त्यस्तै अबैधानिक नागरिकहरुलाई पुन एक महीने भिसा थप गर्न दिएको समयावधि भित्र बैधानिक बन्न र क़ानूनको उल्लंघन नगर्नभनीएको छ। यदी कानुनीरुपमा भिसा नलगाएको पाइए सोही व्यक्तिलाई कडा भन्दा कडा कारवाई गरिने साथै देशबाट निकला गरिने रउनीहरूलाई कालोसूचीमा राखिने बताइएको छ।

कुवेत सरकारले दिएको तेश्रो पटकको यो अवसरलाई कुवेतमा कार्यरत आप्रवासीहरुको लागी सुनौलो अवसर बताउदै उक्त अवसरकोफाइदा उठाउनको लागि र गृहमन्त्रालयले एक महीना म्याद थप गरीदीएको हो। यो निर्णयले समयसीमा अन्तर्गत आफ्नो अवस्था सुधार गर्न अझ बढी लाभ प्रदान गर्नेछ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...