Tuesday 20th January 2026

तेश्रो पटक- कुवेतमा अवैधानिकलाई वैधानिक बन्न एक महीना थप


तितोपाटी- कुवेतमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको एकमहिनाको समय सिमा जनवरी ३१ तारिखमा सकिने भएपनी पुन मार्च २ तारीख सम्मको लागि समय थप गरिएको छ।

कुवेतका आन्तरिक मन्त्री शेख थमेर अल-अली अल सबाले नयाँ निर्णयमा अवैधानिक बनी कानून उल्लंघन गर्नेहरूलाई वैधानिक बन्नमार्च २ तारिक सम्म म्याद थप गरिएको बताएका छन।

अली अल सबाको भनाई अनुसार उक्त निर्णयको उद्देश्य अबैधानिक रूपमा बसोबास गरीरहेका हरुलाई वैधानिक बन्नका लागी सजिलोबनाउने उद्देश्य रहेको र कोरोनाभाइरस महामारीले देशलाई असर गर्ने असाधारण परिस्थिति र नियमित उड्डानको अवरोधमा असरपरेकोले सोही अवस्थालाई ध्यानमा राख्दै उक्त निर्णय लिएको बताए।

त्यस्तै अबैधानिक नागरिकहरुलाई पुन एक महीने भिसा थप गर्न दिएको समयावधि भित्र बैधानिक बन्न र क़ानूनको उल्लंघन नगर्नभनीएको छ। यदी कानुनीरुपमा भिसा नलगाएको पाइए सोही व्यक्तिलाई कडा भन्दा कडा कारवाई गरिने साथै देशबाट निकला गरिने रउनीहरूलाई कालोसूचीमा राखिने बताइएको छ।

कुवेत सरकारले दिएको तेश्रो पटकको यो अवसरलाई कुवेतमा कार्यरत आप्रवासीहरुको लागी सुनौलो अवसर बताउदै उक्त अवसरकोफाइदा उठाउनको लागि र गृहमन्त्रालयले एक महीना म्याद थप गरीदीएको हो। यो निर्णयले समयसीमा अन्तर्गत आफ्नो अवस्था सुधार गर्न अझ बढी लाभ प्रदान गर्नेछ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...