Friday 9th October 2026

गोमा कुमालका तीन मुक्तक


मुक्तक १
घामपानी आँधीबेहरी सहन गर्नु परेकोछ ।
आफन्त कै बस्ती बाट डेरा सर्नु परेको छ ।
सुखमा साथ दिने हजारौं हात भए पनि
दुखको यो सागर आज एक्लै तर्नु परेकोछ ।

मुक्तक २
म हारेर खुशी मिल्छ भने उत्सबमा रमाउनु प्रिय ।
जिन्दगीमा जति सक्दो भोज जमाउनु प्रिय ।
हार जित जिन्दगीमा चलिरहने खेल नै हो भन्छन्
म हारी दिन्छु तिमि जीतको लहर समाउनु प्रिय।

मुक्तक ३
डोली अन्माउनु भो बाबा जन्मघर छोडे ।
आमाको काख संगै नाम अनि थर छोड ।
आजैदेखी सारा खुशीहरु बन्धकी राखी
हुर्कनै नपाएका यी कलिला रहर छोडे ।

-गोमा कुमाल
माथागढी-२
रुप्से पाल्पा,
लुम्बिनी प्रदेश


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...