हाईकु
१
देशको माटो
मलाई लाग्छ प्यारो
आमाको माया।
२
लेकमा घर
हिउँ, तुषारो पर्ने
बख्खुको भर।
३
रङ्गिन डाँफे
हिमालमा बस्दछ
राष्ट्रिय चरी।
४
बोलेको बोली
फर्केर आउँदैन
निस्केको गोली।
५
वसन्त ऋतु
ढकमक्क फुल्छन्
आरुका फूल।
६
बर्षाको झरी
समय सकिएछ
हिउँद सुरु।
७
चन्द्र र सुर्य
नेपालको झण्डामा
राष्ट्रिय चिन्ह।
८
जनता मन
सुशासनमा खुसी
स्वतन्त्र धन।
९
चौबन्दी चोली
नारीलाई सुहायो
नेपाली बोली।
१०
बर पिपल
चौतारीको छहारी
हावा शितल।
११
अनाथ बच्चा
भोकले छटपटिन्छ
सडक कच्चा।
१२
कालो बादल
आकाशमा चिसिदै
प्रवाह जल।
-धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज, काठमाडौँ