Thursday 27th August 2026

अमेरिकी राष्ट्रपति पदबाट ट्रम्प बाहिरीए, बाइडेन भित्रीए


तीतोपाटी – दोश्रो कार्यकालको लागि राष्ट्रपतिय निर्वाचनमा पराजित भएपछि हिँजो मात्रै डोनाल्ड ट्रम्प राष्ट्रपति भवनबाट बाहिरिएका छन् भने अमेरिकाको ४६ औँ राष्ट्रपतिका रूपमा जो बाइडेनले पदको सपथ ग्रहण गरेका छन्।

उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए। कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी उक्त पदमा निर्वाचित प्रथम महिला हुन्।

यस अघि ट्रम्पले हिँजो नयाँ राष्ट्रपतिलाइ स्वागत नगरी राष्ट्रपति भवन छोडेका थिए भने उनले नयाँ प्रशासनलाई धेरै शुभकामना अनि ठूलो सफलताको कामना दिएका थिए । आफ्नो उत्तराधिकारीको शपथ ग्रहण समारोहमा अनुपस्थित हुने उनी सन् १८६९ यता कै पहिलो अमेरिकी राष्ट्रपति हुन्। ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिनमा ७३ जनालाई क्षमादान दिएका छन् भने अरू अरू ७० जनाको जेल सजाय पनि घटाइदिएका छन्। उनले अमेरिकाको राष्ट्रपति हुन पाएकोमा गर्व गर्दै कुनै नै कुनै रूपमा पुनः अाफु फर्कने बताए ।

त्यसै गरि हिँजै मात्रै शपथ खाएका बाइडेनले कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएका छन्। हिँजो उनले गरेका निर्णयहरूमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने। भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्ल्यूचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने । कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने
सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने । आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरी १०० दिने मास्क चुनौती अभियान थालनी गरिने लगायतका निर्णय गरेका छन्

त्यसै गरि सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुन: सामेल हुने । विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द गर्ने तथा ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्धअन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा र
मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द गर्ने निर्णय गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख फहद युसुफ साउद अल–सबाहले देशको इतिहासमै सबैभन्दा ठूलो लागुऔषध बरामद गरिएको घोषणा गरेका छन्।…

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनका लागि निःशुल्क टेलिफोन, इन्टरनेट र एसएमएस सेवा…

प्रतिकृयाहरू
...