Wednesday 18th March 2026

कुवेतमा आजदेखी नयाँ घरेलु कामदारहरू ल्याउने प्रक्रिया सुरु


तितोपाटी- कुवेत सरकारले घरेलु कामदार ल्याउन आजदेखी प्रकिया सुरु गरेको छ।

कुवेतस्थित नागरिक उड्डयन प्राधिकरणले उक्त घोषणा गरेअनुसार नयाँ  सिधा उड्डानद्वारा घरेलु कामदारहरूलाई ल्याउने प्रक्रिया आजबाट सुरु गरिएको हो।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान पुनः सुरु गर्न सर्वोच्च समितिको सिफारिसको आधारमा पाँच देशका नागरिकलाइ कुवेतमा घरेलु कामदार प्रवेस अनुमती दिइएको छ। जसमध्ये फिलिपिन्स, भारत, श्रीलंका, नेपाल र बंगलादेश, रहेका छन।

नयाँ भिसामा कुवेतमा घरेलु कामदार ल्याउने प्रक्रिया एक देशदेखि अर्को देशमा फरक हुने भएकोले सबैभन्दा गाह्रो र लामो प्रक्रिया फिलिपिन्सका घरेलु कामदारहरूलाई हुने -अल अनबा दैनिक समाचारले जनाएको छ।

स्रोतका अनुसार अन्य देशहरूमा घरेलु कामदारहरू भर्नाका लागि सजिलो प्रक्रिया छ । जस्तै श्रीलंकाबाट औसत एक महिना रअन्य देशहरुलाई पनी एक देखी दुई महीनामा प्रकिया पुरा हुने बताइएको छ।

कुवेतको यात्राका लागि आवश्यक पर्ने सबै स्वीकृतिहरू प्राप्त गरिसकेपछि राष्ट्रिय उड्डयन सेवा कम्पनी (एनएएस) द्वारा प्रबन्धित घरेलु कामदार ल्याउनका लागि कामदारहरुले  बेलसलाम:” इलेक्ट्रोनिक प्लेटफर्मद्वारा आफ्नो नाम दर्ता गर्नुपर्ने हुन्छ।

समचारका अनुसार पहिलो उड्डान २८ जनवरीको श्रीलंका बाट हुने छ भने दोश्रो उड्डान नेपाल र बांग्लादेशबाट हुने बताइएको छ। साथै उक्त अनुमति केबल घरेलु कामदारकहरुको लागी मात्रै लागु हुने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...