Wednesday 26th November 2025

लण्डन संसारकै उत्कृष्ट शहर, दिल्लीको स्थान ६२ औ


तीतोपाटी – संसारका उत्कृष्ट एक सय शहरहरुको सूचीमा दक्षिण एषियाली राष्ट्रमा दिल्ली मात्र परेको छ । उसको स्थान ६२ औ रहेको छ जब की कुवेतको स्थान ८६ नम्बर मा पर्दछ ।

खाडी राष्ट्रमा दुवई टप १० मा पर्न सफल भएको छ । यसरी नै युएई को अर्को शहर अबुधाबी ले पनि उत्कृष्ट सय देशको सूचीमा आफूलाई १५ स्थानमा पार्न सफल भएको छ । बंगलादेश, श्रीलंका, मालदिप, भुटान र पाकिस्तानका कुनै पनि शहर एक सय का सुचीमा परेनन ।

संसारकै उत्कृष्ट अर्थात नम्बर वान शहरमा लण्डन ले बाजी मारेको छ । यसरी नै दश टप टेनको दोश्रोमा युर्योक, तेश्रोमा पेरिस, चौथोमा मस्को, पाचौमा टोकियो, छैठौमा दुवई, सातौमा सिंगापुर, आठौमा बार्सिलोना, नवौ शहरमा लस एन्जलस र दशौमा म्याड्रिड रहेको छ ।

खाडी राष्ट्रका कतारको राजधानी दोहा २३ औ स्थानमा छ यसरी नै साउदीको रियाद ६१ औ स्थानमा र ओमनको मस्कट ७८ औ स्थानमा परेको छ । मध्य पश्चिम एषियामा पर्ने ईजायरेल को तेलअभिभ ४५ औ स्थानमा छ । सूचिको अन्तिम १०० मा भने पोल्याण्डको कारक्वा शहर रहेको छ ।

उत्कृष्ट सय शहर को चयनका लागि हावापानी, उत्पादन, मानिसको सुरक्षित जन्मदर, सबृद्धी, नेटको पहुच र उपभोग, सामाजिक संञ्जाल र सर्च ईन्जनहरुको उपयोग आदी लाई आधार मानेर गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

प्रतिकृयाहरू
...