Saturday 17th October 2026

कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु


तितोपाटी- कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता यूकेमा दुईजना र मलेसिया एक नेपालीको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेश (२० देश) मा ३१७ संक्रमित पुगेका छन् ।

संघको स्वास्थ्य समिति संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५१ हजार एक सय १६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९३ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रिका, बेलायत, भारत, यूएईमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १९ सय १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६४ हजार १ सय ५९ छ भने २ लाख ५७ हजार २ सय २९ जना अर्थात् ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...