Thursday 24th September 2026

नेपाल फर्किन लागेका युवाले पोर्चुगलमा गरे आत्महत्या


तितोपाटी-पाेर्चुगलबाट शुक्रबार (जनवरी ८) मा नेपाल जाने तयारी गरेका एक नेपाली युवाले बिहीबार आत्महत्या गरेका छन्।

२ वर्षअघि पोर्चुगल आएका बझाङका २९ वर्षीय सुरत कुँवरले बिहीबार स्थानीय समयअनुसार करिब ३ बजेतिर ४ तलामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन्।
उनले सामाजिक सञ्जालमा एउटा फोटो सेयर गरेलगत्तै आत्महत्या गरेका थिए। उनले राखेको फोटोसहितको स्टाटसमा लेखेका थिए। यसबीचमा उनले परिवारलाई समेत कल गरेकाे देखिएको छ।
‘मिल्ने भए दु:ख हटाइ खुसी किन्थेँ आमा,
आफ्ना को हुन्, पराई को हुन् सवै चिन्थेँ आमा
तिम्रो दुधको भारा कसरी तिर्नु म
लाग्ने भए मेरो आयु थपिदिन्थेँ आमा’

उनले किन र के कारणले आत्महत्या गरेका त्यो अझै सम्म खुल्न सकेको छैन।
– सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...