Tuesday 26th August 2025

पुस्तक विमोचन समारोह सम्पन्न


सुशिल बस्याल,पाल्पा – पाल्पा जिल्लाको बगनासकालीमा रहेको वेद युवा सुमहले पुस्तक विमोचन समारोह सम्पन्न गरेको छ । युवा समुहका पदाधिकारी तथा वेद युवा समुहको शुभचिन्तकहरुको २५ वटा लेख रचना उक्त पुस्तकमा समाबेश गरिएको छ । गाउँपालिका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनीधिहरू तथा युवा समुहका पदाधिकारीहरूको समुपस्थितिमा उक्त विमोचन समारोह सम्पन्न भएको हो ।

विमोचन समारोहमा बोल्दै वेद युवा समुहका अध्यक्ष बरुण बस्यालले पुस्तक पल्टाउँदा वेद युवा समुहले स्थापना काल देखि आजको दिन सम्म गरेको कामको दस्तावेज भेट्न सकिने जानकारी दिएका थिए ।

समाजमा सकारात्मक परिवर्तन दिनको लागि र युवा परिचालन र उत्प्रेरणाको उद्देश लिएर पुस्तक प्रकाशन गरिएको हो । ब्यक्तिगत तथा गाउँपालिकाको तर्फबाट युवाहरुलाई सधै सहयोग गर्ने प्रतिबद्धता गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले जानकारी दिएका थिए ।

अन्य अतिथिहरुले युवाहरुलाई बधाई तथा शुभकामना दिएका थिए । पुस्तक प्रकाशनमा नोरिक र इन्सेक सस्थाले सहयोग गरेको थियो । यस विमोचन समारोहको कार्यक्रम सन्चालन सुशिल बस्यालले गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...