Wednesday 8th April 2026

कुवेतमा १९ नोभेम्बर देखि एक नेपाली सम्पर्कविहिन, स्थिति सार्वजनिक गरि दिन परिवारद्वारा अनुरोध


तीतोपाटी – नेपाली युवाहरूको राम्रो रोजगारी गन्तब्य मानिएको कुवेतमा पुनः अर्को एक जना नेपाली श्रमिक हराएको खबर तीतोपाटी डट कम लाइ प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार नेपालको सप्तरी जिल्ला बोदेबर्साईन नगरपालिका खमगडा घर भइ ८ वर्षदेखि कुवेतको अल सामसिय कम्पनीमा कार्यरत लक्ष्मी शाह नाम गरेको नेपाली श्रमिक गत १९ नोभेम्बर २०२० देखि हराइरहेको कुरा सोही कम्पनीमा कार्यरत रहि एउटै कोठामा बस्ने भागवत शाहले तीतोपाटीलाइ जानकारी गराएका हुन् ।

विगत ८ वर्षदेखि कुवेतमा कार्यरत शाह डिउटी सकेर फरवानियामा रहेको कम्पनीको क्याम्पमा फर्केपछि साँझ पख तरकारी लिन निस्किएकोमा त्यस पछि कोठामा फर्केनन् भने अहिलेसम्म पनि सम्पर्कविहिन अबस्थामा रहेका छन् ।

उनका साथी भागवतका अनुसार १९ नोभेम्बर २०२० का दिन डिउटीबाट कोठामा अाएपछि भागवत पुनः अर्को डिउटीमा गएर साँझपख कोठामा फर्कदा लक्ष्मीलाइ नभेटे पछि फोन गर्दा फोन रिङ गए पनि फोन नउठाएकोले कतै बाहिर गएको होला भन्ने ठानी खाना खाएर सुतेको र राती २ बजे डिउटी जानु पर्ने मानिस डिउटी जाने समयसम्म पनि कोठामा नअाएपछि कम्पनीमा खबर गरेको बताउँछन् । नोभेम्बर २० तारिक बिहान ६ बजे सम्म फोन रिङ गइरहेको थियो । त्यसपछि फोन स्विच अफ भएको भागवत बताउँछन् । एउटै गाउँमा घर भइ कुवेतमा समेत एउटै कम्पनीमा कार्यरत भगवतका साथी लक्ष्मी शाह अहिले सम्म पनि न त कुवेत न त नेपाल कतै कसै सँग पनि सम्पर्कमा छैनन् ।

उनको खबर नपाउँदा नेपालमा परिवारजन निकै तनाबमा रहेका छन् भने नेपालमा रहेका लक्ष्मी शाहको छोरा पर्ने युवानन्द शाहका अनुसार लक्ष्मी हराएको खबर कम्पनी र दूतावासमा समेत जानकारी गराए पनि कहिँ कतैबाटअहिले सम्म कुनै खबर नपाएको बताउँछन् ।

यस विषयको बारेमा नेपाली राजदूतावास कुवेतमा सम्पर्क गर्दा मानिस हराएको बारेमा सम्पर्कविहिन भएका लक्ष्मी शाहको परिवारबाट उनको स्थिति सार्वजनिक गरिदिन अनुरोध अाएको जनाउँदै दूतावासले कामदार कार्यरत कम्पनीलाइ कामदारको स्थिति सार्वजनिक गर्न ताकेता गरेको तथा दूतावासको तर्फबाट पनि अस्पतालहरू तथा प्रहरीमा बुझ्ने काम भएकोमा अहिले सम्म कहिँ कतै नभेटिएको र खोजी कार्य जारी रहेको जानकारी दूतावासले दिएको छ ।

यदि यहाँहरू कोही कसैले लक्ष्मी शाहलाइ देख्नु वा भेट्नु भएमा कुवेत स्थित लक्ष्मी शाहका साथी भागवत शाहको WhatsApp नं. +96565838797 वा नेपालमा रहेका अाफन्त युवानन्द शाह को WhatsApp नं. +9779862268025 मा सम्पर्क गरि जानकारी गरिदिनु हुन वा नेपाली राजदूतावास कुवेतमा जानकारी गराइदिनु हुन वा कोसेलीन्यूजमा जानकारी दिनुहुन पनि सबैमा अनुरोध गरिन्छ ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...