Monday 12th October 2026

प्रचण्डलाई धुँदाधुँदा साबुन र ट्यांकीका पानी सकियो- प्रधानमन्त्री(भिडियो सहित)


प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई षड्यन्त्रकारी प्रवृत्ति छोड्न भने पनि नमानेको बताएका छन्। प्रचण्डको ध्यान सत्ता कब्जा गर्नेमा मात्रै केन्द्रीत रहेको ओलीले बताए।काठमाडौंमा सुदूरपश्चिमका कार्यकर्ताको भेलामा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रताको अंगालो हाले पनि प्रचण्डले धृतराष्ट्रजस्तो अंगालो हालेको बताए।

‘मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्ने,’ राजधानीमा आयोजित आफू पक्षीय सुदूरपश्चिम प्रदेशको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षणिपन्थीसँग बनाउन खोज्ने। लाज लाग्नु पर्ने होइन ?’ओलीले प्रचण्डलाई सम्झाएको पनि बताए।

‘षड्यन्त्रकारी प्रवृत्ति छोड्नुस् भनेर मैले उहाँलाई सम्झाएँ। राजनीति धोका मात्र होइन इमान्दारिताका साथ जनताका सेवा गर्नू हो भनेँ,’ उनले भने, ‘तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो पखाल्यो उहाँ जस्ताको त्यस्तै।’

आफूले पार्टी एकता गर्दा माधव नेपाल र प्रचण्ड मिल्दा बहुमत पुग्छ भन्ने थाहा हुँदाहुँदै एकता गरेको उनले बताए। सरकारका कामकारवाहीमा प्रचण्डले सहयोग नगरेको उनको भनाइ छ। आजित भएर आफूले संवैधानिक परिषद अध्यादेश ल्याएको ओलीको जिकीर छ।

ओलीले छोरी जिताउन प्रचण्डले मतपत्र च्यातेर प्रजातन्त्र धुजा–धुजा पारेको टिप्पणी गरे। ‘छोरी जिताउन नसकेपछि मत पत्र च्यातेर प्रजातन्त्र धुजा–जुधा बनाउनु भयो,’ उनले भने, ‘छोरी जिताउनकै लागि कांग्रेसँग मिल्नु भयो तर खासै उपलब्धी भएन ।’

–सेतोपाटीबाट 


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...