Tuesday 20th January 2026

यूएई सरकारद्वारा नयाँ वर्षको अवसरमा भिजिट भिसामा रहेकाहरुको एक महिना भिसा थप


तितोपाटी- यूएई सरकारले नयाँ वर्ष २०२१ को अवसरमा भिजिट भिसामा रहेका पर्यटकहरुलाई एक महिना भिसा समय अवधि थप गरिदिने निर्णय गरेको छ।यूएईका प्रधानमन्त्री तथा दुबईका शासक शेख मुहम्मद बिन रासिद अल मक्तुमले भिसा समय अवधि कुनै प्रशासनिक शुल्क विना आजदेखि एक महिना थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीलाई उदृत गर्दै गल्फ न्युजमा समाचार छापेको छ।

तर यो नियम भिसा समय अवधि भएको पर्यटकहरुको हकमा मात्र लागु हुनेछ।

विश्वका केही मुलुकहरुले आफ्नो हवाइमार्ग बन्द गरेकोले दुबई आएका पर्यटकहरु समयमा गन्तव्य देश फर्किन नसकेको समाचारमा उल्लेख गरिको छ। यो निर्णयले दुबई घुम्न आएका पर्यटक र तिनका परिवारलाई अंग्रेजी नयाँ वर्षको उपहार स्वरुप मिल्ने सरकारले बताएको छ।

उक्त निर्णयबाट दुबई भ्रमणमा आएका हजारौँ नेपाली लगायत अन्य देशका पर्यटकहरुलाई राहात मिल्ने अनुमान गरिएको छ।

रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...