Wednesday 18th February 2026

नेपाली दूतावास कुवेतमा कार्यरत श्रम सहचारी ज्ञवालीको मृत्यु


तितोपाटी- कुवेतस्थित नेपाली राजदूतावासमा कार्यरत श्रम सहचारी विपना ज्ञवालीको रक्त क्यान्सरको कारण गत शुक्रवारको दिन मृत्यु भएको छ।

मृतक ज्ञवालीप्रती राजदूतावासले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको भन्दै शोकको यस घडीमा ज्ञवालीका सम्पूर्ण शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेको छ ।

रक्त क्यान्सरको कारणले अल्पायुमै ज्यान गुमाएकी कुवेतका लागि नेपाली श्रम सहचारी विपना ज्ञवालीको पार्थिव शरीर आइतबार (आज) नेपाल पुग्ने भएको छ । कुवेतको जजिरा एयरलाइन्समार्फत शव पठाउने तयारी भएको नेपाली दूतावास श्रोतले बतायो ।

करिव २८ वर्षकी ज्ञवाली अर्घाखाँची चिदिकाकी हुन् । अविवाहित रहेकी ज्ञवालीलाई एक्कासी रक्त क्यान्सर भएको थियो। अघिल्लो बुधबारदेखि उनलाई रोगले गम्भीर रूपमा च्यापेको थियोे । स्वास्थ्यमा सुधार नभएपछि शुरूमा उनले नेपाली दूतावास नजिकै रहेको मुभारक अल काबीर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परिक्षण गराएकी थिइन् । परीक्षणमा रिपोर्ट नेगेटिभ आएपनि उनलाई राहत भएन ।

त्यसपछि उनलाई मुवारक अस्पतालले शेख अल वर्दिस क्यान्सर अस्पतालमा रिफर गरेर पठायो । कुवेतमा उनलाई भेट्न उनको आमा, दाइ निरञ्जन ज्ञवाली र दिदी सपना ज्ञवालीसहित परिवारका सदस्य भएपनि उनको बसाइ एक्लै थियोे । उनकी आमा गत शुक्रबार बिहान मात्र नेपाल फर्केकी हुन् । छोरीको आईसीयुमा भर्ना भएपनि उपचारमा अपेक्षित सफलता नभएपछि आमा पनि बस्न नसकेर नेपाल फर्केकी थिइन् । आमा नेपाल फर्केकै समय ज्ञवालीको निधन भएको थियो ।

लकडाउनको समयमा भएको प्रतिस्पर्धामा श्रम सहचारीमा छनोट भएकी ज्ञवाली तत्कालीन श्रम सहचारी ज्ञानेन्द्र शर्मा फर्केको दिन नै कार्यस्थल कुवेत आएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...