Tuesday 13th January 2026

साउदीमा ११ वर्ष बन्धकमा रहेकी नेपाली महिला स्वदेश फिर्ता


तितोपाटी- रोजगारीका लागि साउदीको ताबुक पुगेकी झापाकी लीलामाया धिमाल (पासपोर्टमा अर्कै नामबाट साउदी पठाइएको ) ११ वर्षपछि उद्धार गरी स्वदेश पठाउन सफल भएको गैरआवासीय नेपाली संघ साउदीका प्रवक्ता बिष्णु न्यौपानेले जानकारी दिए ।

ताबुक शहरमा रहेको साउदी नागरिकको घरमा ११ बर्षसम्म  बिना तलब काम मात्र लगाउने र ती महिलालाई बन्धक बनाएको खबर पाउने बितिकै साउदीको जेद्धास्थित महावाणिज्य दूतावासको पहल र एनआरएनएको समन्वयमा उनको सकुशल उद्धार गरिएको थियो ।

पीडित महिलाको उद्धारका लागि महावाणिज्य दूतावासका श्रम सहचारी प्रेमप्रसाद उपाध्यायसहितको टोली सक्रिय भएको थियो ।

ती महिलालाई खाना र बस्नको ब्यबस्था मिलाउनुका साथै, हवाइ टिकटको लागि अंशिक रकम, पीसीआर परीक्षणका लागि रकम उपलब्ध गराएको प्रवक्ता न्यौपानेले बताए ।

दूतावासले सम्पूर्ण कानूनी प्रक्रिया अगाडि बढाएर पीडित महिलाको वर्षौं देखि नपाएको तलब क्षतिपूर्ति सहित उनको उद्धार गरि दूतावासकै सेल्टरमा केही दिन राखी गत १५ डिसेम्बरमा अलजजिरा एयरलाइन्सको उडान मार्फत स्वदेश  पठाइएको न्यौपानेले बताए ।

उनलाई झापाकै दलालले राम्रो कमाई हुने प्रलोभन देखाएर भारतको बाटो हुँदै साउदी पुर्‍याएको बताइएको छ ।

-साभार खबरहबबाट


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...