Tuesday 4th August 2026

चिनिया अन्तरिक्ष यान चन्द्रमाको सतहको धुलो र चट्टान लिएर पृथ्वीमा फर्कियो


तीतोपाटी – चीनको चाङ्ग इ-५ अभियान अन्तर्गत चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ। उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १:३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको हो। अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको ४० वर्ष  पछि चन्द्रमाको सतहबाट चिनिया अन्तरिक्ष यानले पहिलो पटक यो नमुना ल्याएको हो ।

चाङ्ग इ-५ अभियान नोभेम्बरको अन्त्यमा चन्द्रमामा पठाइएको थियो। अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्नेछ।

चाङ्ग इ-५ अभियान सफलतापूर्वक सकिनुलाई अन्तरिक्षमा लगातार आफ्नो क्षमता वृद्धि गरिरहेको चीनको यो मिसनलाई महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । पछिल्ला सात वर्षमा चीनको तीन वटा चन्द्र मिसन सफल भएका छन् ।

 

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ वरपरको क्षेत्र अवलोकन गरेर अनि सामग्रीहरू सङ्कलन गरेर बिताएको थियो। ल्यान्डरले भुइँबाट चट्टान वा धूलो उठाएर थियो। उसले कति नमुना सङ्कलन गर्‍यो भन्ने स्पष्ट छैन, तर सम्भवत २-४ किलो सामान हन सक्ने बीबीसीले बताएको छ ।

त्यसरी सङ्कलन गरिएको नमुनालाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाएर त्यसलाई पृथ्वीमा फर्काइएको हो। यो अभियान अन्तर्गत नमुना सङ्कलनका लागि चन्द्रमाको सतहमा जम्मा दुई दिन लागेको थियो

अमेरिकी एपोलो अन्तरिक्षयात्री र सोभियत रोबोटिक लुना अभियानहरूले चन्द्रमाको सतहको जम्मा ४०० किलो सामग्री सङ्कलन गरेका थिए। तर ती नमुनाहरू धेरै पुराना थिए – तीन अर्ब वर्षभन्दा बढी पुराना। चाङ्ग इ-५ ले ल्याएको चट्टान र धूलो भने अलि फरक हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन् ।

चीनको अभियानले मन्स रुम्केर भनिने उत्तरपश्चिमको उच्च ज्वालामुखी क्षेत्रलाई निशानामा पारेको छ।

यो क्षेत्रबाट ल्याइएको नमुना भने १.२ देखि १.३ अर्ब वर्षभन्दा पुरानो नहुन सक्छ। त्यसैले अहिलेको नमुना अध्ययन गर्दा त्यसले चन्द्रमा भित्री रुपमा कसरी निर्माण भएको छ भन्ने थप जानकारी प्रदान गर्न सक्छ।


सम्बन्धित शीर्षकहरु

यमनको सेनाले दक्षिण–पश्चिमी ताइज (Taiz) प्रान्तमा घुसपैठ गर्ने प्रयास गरिरहेका हुथी विद्रोहीमाथि तोपखाना आक्रमण गर्दा केही हुथी लडाकुहरू मारिएको र…

चीनले म्यानमारको रणनीतिक ऊर्जा पूर्वाधारमा गरेको लगानी अहिले त्यहाँ जारी गृहयुद्धको एउटा महत्वपूर्ण कारण बन्न पुगेको विश्लेषण गरिएको छ। सन्…

भारतको कर्नाटक राज्यमा पछिल्लो करिब पाँच दशकयताकै पहिलो पटक मन्त्रिपरिषद्मा कुनै पनि महिला मन्त्री समावेश नभएको अवस्था सिर्जना भएको छ।…

प्रतिकृयाहरू
...