Wednesday 18th March 2026

हृदयघातका कारण कुवेतमा एक नेपालीको मृत्यु


चन्द्र गोतामे – कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । अल जजिरा कम्पनीमा कार्यरत डम्मर बहादुर साउद १४ डिसेम्बर सोमवार को दिन हृदयघातको कारण फर्वानिया अस्पतालमा मृत्यु भएको थियो।
डडेलधुरा, अजयमेरु गाउँपालिका वडा न. १ समैजी घर भएका साउद रोजगारीको सिलसिलामा दश वर्ष पहिले कुवेत आएका थिए । अल जजिरा कम्पनीमा ड्राइभर काम गर्दै आएका साउद सरोकार समाज कुवेतका सक्रिय सदस्य पनि हुन ।

मृतकको घरमा श्रीमति एक छोरा र एक छोरी छन ।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार “डम्मर बहादुर साउदको मृत्यु भएको प्रारम्भिक जानकारी नेपाली दूतावासमा आइसकेको छ । तर उनको मृत्युको कारण भने खुल्न नसकेको बताए । आज र भोली सम्ममा अस्पतालको रिपोर्ट आउने शिलवालले जनाएका छन । मृतकको शव नेपाल पठाउनको लागि कानूनी प्रक्रियाका कामहरु अगाडी बढाई सकिएको छ । तर मृतकको परिवार संग सम्पर्क हुन सकेको छैन । मृतकको परिवारको सम्पर्क नम्बर कोही संग छ, भने दूतावासलाई उपलब्ध गराई सहयोग गरिदिनको लागि पनि आग्रह गरेका छन।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...