Friday 14th November 2025

हृदयघातका कारण कुवेतमा एक नेपालीको मृत्यु


चन्द्र गोतामे – कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । अल जजिरा कम्पनीमा कार्यरत डम्मर बहादुर साउद १४ डिसेम्बर सोमवार को दिन हृदयघातको कारण फर्वानिया अस्पतालमा मृत्यु भएको थियो।
डडेलधुरा, अजयमेरु गाउँपालिका वडा न. १ समैजी घर भएका साउद रोजगारीको सिलसिलामा दश वर्ष पहिले कुवेत आएका थिए । अल जजिरा कम्पनीमा ड्राइभर काम गर्दै आएका साउद सरोकार समाज कुवेतका सक्रिय सदस्य पनि हुन ।

मृतकको घरमा श्रीमति एक छोरा र एक छोरी छन ।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार “डम्मर बहादुर साउदको मृत्यु भएको प्रारम्भिक जानकारी नेपाली दूतावासमा आइसकेको छ । तर उनको मृत्युको कारण भने खुल्न नसकेको बताए । आज र भोली सम्ममा अस्पतालको रिपोर्ट आउने शिलवालले जनाएका छन । मृतकको शव नेपाल पठाउनको लागि कानूनी प्रक्रियाका कामहरु अगाडी बढाई सकिएको छ । तर मृतकको परिवार संग सम्पर्क हुन सकेको छैन । मृतकको परिवारको सम्पर्क नम्बर कोही संग छ, भने दूतावासलाई उपलब्ध गराई सहयोग गरिदिनको लागि पनि आग्रह गरेका छन।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...