Tuesday 27th January 2026

नेपालमा पतिको दुर्घटनामा मृत्यु, साईप्रसमा पत्नीद्वारा आत्महत्या


तितोपाटी- साईप्रसको लार्नाका सहरमा २३ वर्षीया नेपाली युवतीले आइतबार राति अत्महत्या गरेकी छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली संघ साईप्रसले जनाएको छ ।

मृतक तामाङ सन् २०१९ को अक्टोबर महिनामा नेपालको काठमाडौँ ईन्टरनेशनल मेनपावरबाट साईप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न आएकी होनरी कन्सुलेट साईप्रसका प्रमुख डा. रामजीवन पञ्जियरले जानकारी दिएका छन । मृतक तमाङको शव उनकै परिवारको सल्लाह अनुसार स्वदेश पठाउने डा. पन्जियरले बताए ।

मृतक तामाङ वैवाहिक सम्बन्धमा बाँधिएको एक वर्ष नपुग्दै साइईप्रसमा आएकी थिइन् । श्रीमान् सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । आइतबार दुर्घटनामा श्रीमान्को मृत्यु भएको खबर पाएपछि सोही रातमा आत्महत्या गरेको बताइएको छ ।

मृतक तामाङले टिकटकमा श्रीमान्को दुर्घटनाको भिडियो पोष्ट गर्दै आफ्ना आमा, बुबा, सासू र ससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’ सँगै जान लागेको उल्लेख गरेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...