Sunday 26th July 2026

इरानमा युरेनियम प्रशोधन बढाउने कानुन पारित


तीतोपाटी – इरानले युरेनियम प्रशोधन बढाउनुका साथै आफ्नो परमाणु क्षेत्रको निरीक्षण गर्न राष्ट्रसंघलाई रोक्ने भएको छ । इरानको संसद्ले यससम्बन्धी कानुन पारित गरेको हो । सरकारले २० प्रतिशतसम्म युरेनियम सम्वर्द्धन गर्नुपर्ने उक्त कानुनमा व्यवस्था गरिएको छ ।

सन् २०१५ को परमाणु सम्झौतामा यदि अन्तर्राष्ट्रिय प्रतिबन्धलाई दुई महिनाभित्र खुकुलो नपारिए ३.६७ प्रतिशतले युरेनियम सम्वर्धन गर्ने सकिने प्रावधान उल्लेख थियो । संसद्ले पारित गरेको कानुन पालन गर्न अब इरान सरकारले त्यसको करिब ६ गुणा बढी युरेनियम सम्वर्द्धन गर्नुपर्नेछ ।

इरानी राष्ट्रपति हसन रौहानीले उक्त कानुन कार्यान्वयन गर्न अस्वीकार गरेका बीबीसीले जनाएको छ । इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या भएपछि त्यहाँको संसद्ले यस्तो कानुन पारित गरेको हो ।

इरानको राजधानी तेहरानस्थित एक सडकमा फख्रिजादेहको रहस्यमय तरिकाले हत्या भएको थियो । उनको हत्यामा इजरायलको हात रहेको इरानको दाबी छ । इजरायलको नेतृत्वमा देशबाट निष्कासित समूहले रिमोटका माध्यमबाट चल्ने हतियार प्रहार गरी फख्रिजादेहको हत्या गरेको इरानको भनाइ छ ।

उक्त घटनाबारे भने इजरायलले हालसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन । इरानको परमाणु कार्यक्रममा फख्रिजादेहले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका बताइन्छ ।
-एजेन्सी


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

मलेसियाले एक अमेरिकी–इजरायली दोहोरो नागरिकलाई देश छोड्न निर्देशन दिएको छ। मलेसियाली अधिकारीहरूले उक्त व्यक्तिसँग इजरायली नागरिकता रहेको पत्ता लगाएपछि यस्तो…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

प्रतिकृयाहरू
...