Tuesday 31st March 2026

उदित नारायणका छोरा आदित्य वैवाहिक जीवनमा बाँधिए


बलिउडका सफल पाश्र्व गायक उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिएका छन् । गायक, कार्यक्रम संचालक आदित्यले मंगलबार प्रेमिका श्वेता अग्रवालसँग बिहे गरेका हुन् ।

मुम्बइको जुहुस्थित इस्कान मन्दिरमा आदित्य र श्वेताले बिहे गरेका हुन् । आदित्यको घरबाट बेहुला अन्माउँदै गर्दा गायक उदितनारायण झा, गायिका दीपा नारायण झा लगायतले नृत्य गरेका थिए । कोभिडका कारण आदित्यको बिहेमा निकै कम मानिसहरु मात्र उपस्थित थिए । बिहेमा ५० जना आफन्त र नजिकका साथीहरुलाई मात्र निमन्त्रणा गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

आदित्य र श्वेता विगत १० बर्षदेखि प्रेम सम्बन्धमा थिए । एक चलचित्रमा एकसाथ काम गरेपछि उनीहरु नजिक भएका हुन् ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...