Wednesday 24th April 2024

अर्घाखाँचीको मुल सडक जोखिमपूर्ण-स्थानीय सरकार मौन


बसन्त थापा- अर्घाखाँची जिल्लाको प्रवेशद्वार गोरुसिंगे देखी सन्धिखर्क सम्मको मुख्य सडकमा खाल्डा खुल्डी भएपछि आवतजावतमा समस्या भोग्नुपरेको वर्षौ भयो तर अहिलेसम्म सडक स्तर बृद्धिको कामले भने निकाश पाएको छैन

अर्घाखाँचीबाट टोप बहादुर रायमाझीलाई जनताहरुले हालसम्म अपराजितरुपमा अनुमोदन गर्दै आएका छन् अर्घाखाँची जिल्लाबाटैअनुमोदन भएका रायमाझी दुई पटक मुलुकको मन्त्री मण्डलमा शामिल भइसकेका छन। रायामाझी अहिले सत्तारुढ दलका प्रतिनिधीसभा सदस्य छन् तर जिल्लाको विकास र जनताका समस्या भने उस्तै छन।

यस क्षेत्रबाट प्रतिपक्षमा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाल रहेकी छिन तर यो गम्भीर विषयमा उनी पनी मौन रहेको पाइन्छ। बाटो मर्मत कार्यमा नत सरकार पक्षको पहल रहेको छ। नत बिपक्ष कुनै पार्टीलेनै यो विषयमा आवाज उठाएको छ।

दैनिक सयौं यात्रु हिड्ने उक्त सडकको हालत भने प्रचलित मुल सडक मार्गको अवस्था भने बर्षेनी खस्कदै गएको छ।

जिल्लाको विकासका समृद्धिका लागि नै भनेर नेकपा पार्टीलाई जिल्लाका जनताले अहिलेसम्म निरन्तर अपराजित रुपमा अनुमोदनगर्दै आए तर त्यसको प्रतिफल भने जनताले अनुभुति हुने खालको पाउन सकेका छैनन

रायमाझीको गृह जिल्लाको सदरमुकाम नै हालसम्म व्यवस्थित हुन सकेको छैन भने अन्य पालिकाको समृद्धिको सपना धेरै परकोरहेको अर्घाखाँची जिल्लामा व्यवस्थित नालिहरु नहुदा वर्षातको समयमा पिच सडकमै पानिको नाला बग्ने गरेको पिचसडकहरुमाथी पानिको नाला बग्न थालेपछि सडकहरु भत्कँदै गएका छन्

अर्घाखाँचीको मुल सडक

सन्धिखर्क नगरपालिका खाँची मैदान स्कुलका प्रधानाध्यापक, डिल्ली थापाले जानकारी दिएअनुसार जिल्लाको मुल सडकमानालिहरु नहुँदा पानीको नाला सडकमाथी नै बग्ने हुदाँ एकातिर सडक भत्कदै गएको भने अर्कातिर पैदल हिड्नु यात्रुहरुलाई जाखिमबढ्दै गएको जिल्लाको मुल सडक व्यवस्थित नहुँदा सडक क्षेउमा घर भएका व्यक्तिहरुलाई अथवा आवत जावत गर्ने पैदलयात्रुहरुलाई दुर्घटनाको उच्च जोखिम रहेको बताएका छन।

थापाले भने, स्थानीय सरकारहरुको विशेष ध्यान विभिन्न गाउ गाउसम्म सडक पुर्याउने तर्फमात्रै रहको देखिन्छ वातावरणीय प्रभावमुल्यांकन नगरी मनपरी ढंगले काटिएका सडकहरुले अधिकांश ग्रामीण क्षेत्रहरुमा पहिरोको उच्च जोखिम रहेको जिल्लाकोदिर्घकालिन विकासका लागि संघीय सांसदको चासो देखिन्छ प्रदेश स्थानीय सरकारको नै देखिन्छ

६८ किलोमिटर सो सडक हिलाम्य हुँदा ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पद यात्रा गर्न अप्ठेरो परेको यात्रुले गुनासो गरेका छन् यीसडक बहुसंख्यक नागरिकको भाग्यसँग जोडिएका छन्

अहिले बाटो समयमा मर्मत तथा कालोपत्रे नगर्दा त्यस क्षेत्रका नागरिक जिल्ला भित्र अवस्थित मन्दिर सुपा देउराली अन्यधार्मिकस्थलमा आउने दर्शनार्थी बाह्य तथा आन्तरिक पर्यटकलाई समेत आवतजावत गर्न निकै कठिनाइ रहेको

समयमै बाटो मर्मतको काम भएन भने जिल्लाका नागरिकले कहिलेसम्म सास्ती भोग्ने ? यसर्थ जिल्लाको राजनीतिक नेतृत्व, प्रशासनिकनिकाय, प्रदेश सरकार स्थानीय तहले एकपटक गम्भिर भएर सोच्नै पर्दछ सडक विना विकास समृद्धिको यात्रा सम्भव छैन यसकारण पनि नागरिकको बर्षौंदेखिको कालोपत्रे सडकमा यात्रा गर्ने सपना पूरा गर्न अब ढिला गर्नु हुँदैन आफैले गरेका बाचा पूरा नगरेआउँदो निर्वाचनमा मतदाताले त्यसको हिसाव अबश्य गर्नेछन्


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...