Thursday 20th August 2026

एनआरएन साउदीद्वारा ५ सय अलपत्र नेपालीलाई खाद्यान्न सहयोग


तितोपाटी- साउदी अरेबियामा कोभिड १९ र अन्य कारणले अलपत्र परेका ५ सय ३ जना नेपालीलाई एनआरएन साउदीले खाद्यान्न सहयोग गरेको छ। यो सँगै १२ जना नेपालीलाई हवाई टिकटको व्यवस्था समेत गरेको छ ।

एनआरएन साउदीका अनुसार कोभिड १९ को मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीलाई आवश्यक पर्ने सहयोगको लागि उचित कदम चाल्नुको साथै हवाई टिकट,सेल्टर व्यवस्थापन, स्वदेश फिर्ता (होम व्यवस्थापन ) लगायत विभिन्न कार्यमा गरी हालसम्म ४७ हजार ६ सय ५३ साउदी रियाल सहयोग गरेको जनाएको छ।

तत्कालका लागि ‘कोरोना उद्दार महाअभियान’ समेत सुरूवात गरेको छ। जसअन्तर्गत रोजगारी गुमाएर खाना बस्न सेमत नपाएका नेपालीको लागि तत्काल आवास (सेल्टरको) व्यवस्था गर्ने, आवश्यक अनुसार खानाको व्यवस्थापन गरिने, अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ताका लागि हवाई टिकटस्वरूप प्रति पीडित व्यक्ति २ सय अमेरिकी डलरको व्यवस्था गरिने र स्वदेश फिर्ताका लागि आवश्यक पर्ने कोरोना टेस्टीङ (पीसीआर) रिपोर्टका लागि ८० अमेरिकी डलरको व्यवस्था गरेको छ।

साथै स्वास्थ्यसम्बन्धी उपचारको लागि सहयोग गर्नेलगायत स्वदेश फिर्ता हुने क्रममा काडमाडौं बिमानस्थलबाट आफ्नो घर सम्म जानको लागि यातायातको व्यवस्था समेत गरिने भएको छ ।

कोरोना महामारीसँगै एनआरएन साउदीले अलपत्र परेका नेपालीको सहयोगको लागि दूतावास परिवार,सामाजिक संघसंस्थालगायत भातृसंगठनसँग समन्वय गरी सहकार्य गर्दै आएको छ। संस्थामा हालसम्म ६ वटा क्षेत्रीय समन्वय समिति र ५ वटा स्थानीय समन्वय समिति गरी १ हजार २ सय ५० पञ्जिकृत सदस्य रहेका छन् ।
-साभार अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

प्रतिकृयाहरू
...