Monday 30th March 2026

चन्द्रमाको सतहमा पानी भेटियो – नासा


तीतोपाटी – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । ‘सोफिया’ उडिरहेको प्लेनमा जडित संसारकै सबैभन्दा ठूलो उड्ने अब्जर्भभेटरी टेलिस्कोप हो ।

सोफियाले चन्द्रमाको ‘क्लेभियस क्रेटर’ मा पानी फेला पारेको हो । क्लेभियस क्रेटर चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित छ । यसलाई पृथ्वीबाट पनि देख्न सकिने नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नासाको यो खोज सम्बन्धीको अनुसन्धान नेचर एस्ट्रोनोमी जर्नलमा पनि प्रकाशित छ ।

भेटिएको पानीको मात्रा थोरै भएपनि यो महत्त्वपूर्ण अनुसन्धान उपलब्धि भएको नासाका अधिकारीहरुले जनाएका छन् । यहाँ भेटिएको पानी पृथ्वीको साहारा मरुभूमिमा पाइने पानीभन्दा सय गुणा कम हो । हावा नभएको क्षेत्रमा कसरी पानी सम्भव भयो भन्नेमा वैज्ञानिकहरुले पनि चासो दिएका छन् ।

यो नयाँ खोजले वैज्ञानिकहरु उत्साहित भएका छन् । नासाको सन् २०२४ को अर्टमिस मिसनलाई पनि यो खोजले सघाउ पुग्ने नासाले जनाएको छ । अर्टमिस मिसनबाट पहिलोपटक महिलालाई चन्द्रमामा पाइला टेकाइदैछ । यही मिसन अन्तर्गत अन्य ग्रहहरुको अध्ययनका लागि नासाले चन्द्रमा ‘मानव बेस’ पनि निर्माण गर्ने योजना छ ।

चन्द्रमामा पानी भेटिनुका धेरै कारणहरु हुन सक्ने नासाले जनाएको छ । यसका लागि विभिन्न ऊर्जा र अन्तरिक्षामा हुने घटनाक्रमलाई पनि कारक मानिएको छ ।

चन्द्रमामा खस्ने ३० देखि १ मिटरसम्मका अकाशीय पिण्ड(माइक्रो मेटोरिएट्स) का कारण पनि चन्द्रमा पानी भएको हुन सक्ने नासाले आशंका गरेको छ । पानीका कणहरु भएका यस्ता पिण्डहरु चन्द्रामामा जम्मा हुँदा पानी देखिएको हुन सक्ने नासाले औंल्याएको छ । अर्को कारण सौर्य आँधीले चन्द्रमासम्म हाइड्रोजन ल्याएर त्यहाँ अक्सिन पाइने तत्त्वहरुसँग रसायनिक प्रतिक्रिया गरेर चन्द्रमाको सतहमा हाइड्रोअक्साइल निर्माण गर्छ । माइक्रो मेटोरिएट्सले हाइड्रोअक्साइललाई पानीमा परिवर्तन गरेको हुन सक्ने पनि नासाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...