Tuesday 9th December 2025

चन्द्रमाको सतहमा पानी भेटियो – नासा


तीतोपाटी – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । ‘सोफिया’ उडिरहेको प्लेनमा जडित संसारकै सबैभन्दा ठूलो उड्ने अब्जर्भभेटरी टेलिस्कोप हो ।

सोफियाले चन्द्रमाको ‘क्लेभियस क्रेटर’ मा पानी फेला पारेको हो । क्लेभियस क्रेटर चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित छ । यसलाई पृथ्वीबाट पनि देख्न सकिने नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नासाको यो खोज सम्बन्धीको अनुसन्धान नेचर एस्ट्रोनोमी जर्नलमा पनि प्रकाशित छ ।

भेटिएको पानीको मात्रा थोरै भएपनि यो महत्त्वपूर्ण अनुसन्धान उपलब्धि भएको नासाका अधिकारीहरुले जनाएका छन् । यहाँ भेटिएको पानी पृथ्वीको साहारा मरुभूमिमा पाइने पानीभन्दा सय गुणा कम हो । हावा नभएको क्षेत्रमा कसरी पानी सम्भव भयो भन्नेमा वैज्ञानिकहरुले पनि चासो दिएका छन् ।

यो नयाँ खोजले वैज्ञानिकहरु उत्साहित भएका छन् । नासाको सन् २०२४ को अर्टमिस मिसनलाई पनि यो खोजले सघाउ पुग्ने नासाले जनाएको छ । अर्टमिस मिसनबाट पहिलोपटक महिलालाई चन्द्रमामा पाइला टेकाइदैछ । यही मिसन अन्तर्गत अन्य ग्रहहरुको अध्ययनका लागि नासाले चन्द्रमा ‘मानव बेस’ पनि निर्माण गर्ने योजना छ ।

चन्द्रमामा पानी भेटिनुका धेरै कारणहरु हुन सक्ने नासाले जनाएको छ । यसका लागि विभिन्न ऊर्जा र अन्तरिक्षामा हुने घटनाक्रमलाई पनि कारक मानिएको छ ।

चन्द्रमामा खस्ने ३० देखि १ मिटरसम्मका अकाशीय पिण्ड(माइक्रो मेटोरिएट्स) का कारण पनि चन्द्रमा पानी भएको हुन सक्ने नासाले आशंका गरेको छ । पानीका कणहरु भएका यस्ता पिण्डहरु चन्द्रामामा जम्मा हुँदा पानी देखिएको हुन सक्ने नासाले औंल्याएको छ । अर्को कारण सौर्य आँधीले चन्द्रमासम्म हाइड्रोजन ल्याएर त्यहाँ अक्सिन पाइने तत्त्वहरुसँग रसायनिक प्रतिक्रिया गरेर चन्द्रमाको सतहमा हाइड्रोअक्साइल निर्माण गर्छ । माइक्रो मेटोरिएट्सले हाइड्रोअक्साइललाई पानीमा परिवर्तन गरेको हुन सक्ने पनि नासाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको नेपाली समाजमा ‘ सुदुर पश्चिमका लागि सुदुर पश्चिमेलि ‘ भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको सस्थाले…

कुवेत – “भाषा, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरूको साझा अभियान” भन्ने मूल नाराका साथ कुवेतमा क्रियाशील तीन किराती संस्थाहरूले किरातीहरूको महान…

B Izzak द्वारा/ कुवेत: फिलिपिन्सका आप्रवासी कामदार विभागका सचिव हान्स लियो क्याकडाकले कुवेतमा प्रवासी कामदारहरूको लागि आश्रयस्थलको भ्रमण गरे र…

प्रतिकृयाहरू
...