Tuesday 31st March 2026

अफगानिस्तानमा आत्मघाती बम आक्रमणम हुँदा कम्तिमा १८ जनाको मृत्यु


तीतोपाटी – अफगानिस्तानको राजधानी काबुलमा शिक्षा केन्द्रको बाहिर एउटा आत्मघाती बम विष्फोट हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ भने ५७ घाइते भएको अधिकारीहरूले बताएका छन्।

उच्चशिक्षामा विद्यार्थीलाई पाठ्यक्रमहरू उपलब्ध गराउने निजी सुविधा केन्द्रमा आज दिउँसो विष्फोट भएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ।

शिया मुस्लिम दष्ट-ए-बर्ची क्षेत्रमा प्रायः सयौं विद्यार्थीको भवन रहेको छ। सो घटनामा घाइते भएका धेरैलाई अस्पताल लगिएको छ। मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने डर छ।

इस्लामिक स्टेट समुहले उसको सोशल मिडिया च्यानल मार्फत सो आक्रमणको जिम्मेवारी लिएको छ । यस अघि तालिवानले उक्त आक्रमण गरेको हुन सक्ने अनुमान गरिए पनि उक्त घटनामा आफ्नो संलग्नता नभएको जनाएको छ ।

तालिवानले त्यहाँको सरकारी सेनासँग वार्ता सहभागी भए यता अफगानिस्तानमा हालैका हप्ताहरूमा हिंसा बढेको छ । यस अघिका धेरै जसो आक्रमण तालिवानले गरेका थिए। वार्तालाइ प्रभावित गरी वार्ता असफल पार्न यस किसिमका हिंसात्मक घटना घटाइएका छन् ।
-बीबीसीबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...