Saturday 27th December 2025

अफगानिस्तानमा आत्मघाती बम आक्रमणम हुँदा कम्तिमा १८ जनाको मृत्यु


तीतोपाटी – अफगानिस्तानको राजधानी काबुलमा शिक्षा केन्द्रको बाहिर एउटा आत्मघाती बम विष्फोट हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ भने ५७ घाइते भएको अधिकारीहरूले बताएका छन्।

उच्चशिक्षामा विद्यार्थीलाई पाठ्यक्रमहरू उपलब्ध गराउने निजी सुविधा केन्द्रमा आज दिउँसो विष्फोट भएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ।

शिया मुस्लिम दष्ट-ए-बर्ची क्षेत्रमा प्रायः सयौं विद्यार्थीको भवन रहेको छ। सो घटनामा घाइते भएका धेरैलाई अस्पताल लगिएको छ। मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने डर छ।

इस्लामिक स्टेट समुहले उसको सोशल मिडिया च्यानल मार्फत सो आक्रमणको जिम्मेवारी लिएको छ । यस अघि तालिवानले उक्त आक्रमण गरेको हुन सक्ने अनुमान गरिए पनि उक्त घटनामा आफ्नो संलग्नता नभएको जनाएको छ ।

तालिवानले त्यहाँको सरकारी सेनासँग वार्ता सहभागी भए यता अफगानिस्तानमा हालैका हप्ताहरूमा हिंसा बढेको छ । यस अघिका धेरै जसो आक्रमण तालिवानले गरेका थिए। वार्तालाइ प्रभावित गरी वार्ता असफल पार्न यस किसिमका हिंसात्मक घटना घटाइएका छन् ।
-बीबीसीबाट


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...