Wednesday 7th October 2026

लेबनानमा पुर्वप्रधानमन्त्री साद हरीरी तेश्रो पटक प्रधानमन्त्रीमा निर्वाचित


तीतोपाटी – लेबनानका पूर्व प्रधानमन्त्री साद हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनी यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका छन् । निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरको अन्त्य तिर राजीनामा दिएकाले हरीरीले फेरी प्रधानमन्त्री बन्ने मौका पाएका हुन् ।

लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रीपरिषद् गठन गर्न आह्वान गरिएको जनाएको छ । संसदमा उनलाई प्रधानमन्त्री निर्वाचित गराउने बेलामा भएको मतदानमा ६५ जनाले हरीरीको पक्षमा मतदान गरेका थिए । त्यसैगरी ५३ जनाले मतदानमा भाग लिएका थिएनन् भने दुई जना अनुपस्थित रहेका थिए ।

यसअघि सन् २०१६ देखि हरीरीकै नेतृत्वमा सरकार बनेको थियो । त्यसपछि उनले गत सन् २०१९ को अक्टोबर १८ मा राजीनामा दिएका थिए । उनको नेतृत्वको सरकारका विरुद्धमा व्यापक आन्दोलन भएपछि उनले राजीनामा दिएका हुन् । उनलाई आर्थिक संकटमा मुलुकलाई धकेलेको आरोप लगाइएको थियो ।

त्यसपछि गत जनवरी २०२० मा हसन डियबको नेतृत्वमा नयाँ सरकार बनेको थियो । तर उनी धेरै समय टिक्न सकेनन् । गत अगस्टमा राजधानी बेरुतमा ठूलो बम विस्फोटनको घटना भएर दुई सयभन्दा बढीको मृत्यु र हजारौँ घाइते भएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।

नवनिर्वाचित प्रधानमन्त्री हरीरी सन् २००९ देखि २०११ सम्म पहिलो पटक प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरेका थिए । उनी देशका पूर्व प्रधानमन्त्री राफिक हरीरीको माइलो छोरा हो । पूर्व प्रधानमन्त्री राफिकको सन् २००५ मा हत्या भएको थियो । त्यसपछि नै उनका छोरा साद राजनीतिको केन्द्रीय भागमा उदाएका हुन् । उनी फ्युचर मुभमेन्ट पार्टीका नेता हुन् ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...